Corona (COVID-19) Updates

नेपालमा कोरोनाको औषधि फाभिरपिराभिर को क्लिनिकल ट्रायल सुरु

काठमाडौं । नेपाली औषधि कम्पनीले कोरोना भाइरस संक्र`मितको उपचारका लागि मुलुकमै पहिलो पटक उत्पादन गरेको फाभिरपिराभिर औषधिको तेस्रो चरणको क्लिनिकल ट्रायल सुरु गरेको छ । देउराली जनता फर्मास्यू`टिकल्सले उत्पादन गरेको ‘फाभिर-२००’ को काठमाडौंको ग्रान्डी अस्पतालबाट क्लिनिलक ट्रायल सुरु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले फाभिरपिराभिरको तेस्रो चरणको क्लिनिकल ट्रायल सुरु गर्न प्रक्रिया अगाडि बढाएको थियो । परिषद् अन्तर्गत नै अहिले क्लिनि`कल ट्रायल सुरु भएको हो । ग्रान्डी अस्पतालले कम्तीमा ३०० बिरामीमाथि फाभिर पिराभिरको क्लिनिकल ट्रायल गर्ने योजना बनाएको छ । तर, बिरामीको अनुमतिमा मात्र उक्त ट्रायल गरिने अस्पतालले जनाएको छ ।

उक्त औषधिको ग्रान्डी र शिक्षण अस्पताल बाहेक काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल र बाँसबारीस्थित गंगालाल अस्पतालबाट पनि क्लिनिकल ट्रायल हुँदैछ । परिषद्ले यी चार अस्पतालबाट क्लिनिकल ट्रायल सुरु गर्न यसअघि नै आवश्यक औषधि पठाइसकेको छ ।

देउराली जनता फर्मास्यूटिकल्सले औषधि व्यवस्था विभागको अनुमतिमा विभिन्न मुलुकमा कोरोना संक्रमितको उपचारमा उपयोगी देखिएको फाभिरपिराभिरको करीब ६ महिना अघि नै उत्पादन गरिसकेको थियो ।

यो औषधि कोरोनाको सामान्य लक्षण र लक्षण नै नदेखिएका कोरोना संक्र`मितलाई उनीहरुको अनुमति र चिकित्सकको निगरानीमा क्लिनिकल ट्रायल गरिने परिषद्ले जनाएको छ । फाभिरपिराभिर कोरोना संक्र`मितलाई दिइने एन्टीभाइरल औषधि हो । विश्वका १५ वटा मुलुकमा कोरोना संक्र`मित बिरामीलाई विभिन्न अनुसन्धान तथा ट्रायलका क्रममा यो औषधि प्रयोग भइरहेको छ ।

फाभिरपिराभिर सन् २०१४ देखि जापानबाट भाइरल इन्फ्लु एन्जाका बिरामीलाई प्रयोग गर्न सुरु भएको थियो । एन्टीभाइरल यो औषधिले शरीरमा कोरोनाको भाइरल लोड घटाई भाइरसको वृद्धि विकास रोकेर छिटै निको हुन सहयोग गर्ने औषधि उत्पादक कम्पनीको दाबी छ ।

Related Articles

Back to top button
Close