Corona (COVID-19) Updates

कोरोना भाइरसलाई लिएर आयो अर्को चिन्ता जनक खबर

काठमाडौं । विश्व`भर महा`रीका रुपमा रहेको कोरोना भाइरसलाई लिएर एक चिन्ताजनक खबर आएको छ । ब्राजिलमा कोरोना खोपको चिकित्सकीय परीक्षणमा सह`भागी एक जनाको मृ`त्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रा`लयका अनुसार अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी एस्ट्राजे`नेकाले संयु`क्त रुपमा बनाइरहेको कोरोना खोपको परीक्षणमा सहभागी एक जनाको ज्यान गएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार सहभागीको मृ`त्यु भए पनि ब्राजिलले चिकित्सकीय परी`क्षण जारी राख्ने बताएको छ । रोयर्टसले अक्सफोर्ड विश्व विद्यालयलाई उद्धृत गर्दै लेखेको छ, ‘चिकित्सकीय परीक्षणको सुरक्षाका बारेमा चिन्ता गर्नुपर्ने अवस्था छैन । एस्ट्राजेनेकाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।’

रोयटर्सले स्रोतलाई उ द्धृत गर्दै सहभागी व्यक्ति कोरोना खोपको परीक्षणमा सहभागी भए पनि मेनेन्जा`इटिसको खोप दिइएको जनाएको छ । यदि उनलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइएको थियो भने कोरोना खोपको परीक्षण रोकिने जानकारी स्रोतले दिएको समाचारमा उल्लेख गरेको छ ।

ब्राजिलमा तेस्रो चरणको चिकित्स`कीय परीक्षण गरिरहेको साओपाउलोको संघीय विश्ववि`द्यालयका अनुसार यस घटनाको छानबिनका लागि बनाइएको स्वतन्त्र समितिले परीक्षण जारी राख्न सुझाव दिएको छ । विश्व विद्यालयले यसअघि कोरोना खोपको परीक्षणमा सहभागी व्यक्ति ब्राजिलका नागरिक भएको जानकारी दिएको थियो ।

सीएनएन ब्राजि`लका अनुसार मृत्यु हुने व्यक्ति रियो डि जेनेरियोका २८ वर्षीय व्यक्ति हुन् । उनको मृत्यु कोरोना भाइरसको सं`क्रमणबाट सिर्जित जटिलताका कारण भएको पनि दाबी गरिएको छ । विश्वविद्यालयका प्रवक्ता`का अनुसार ब्राजिलका ६ सहरका करिब ८ हजार जनालाई कोरोना खोपको पहिलो डोज दिइएको छ । तीमध्ये केहीलाई दोस्रो डोज पनि दिइएको विश्वविद्यालयले जनाएको छ ।

Related Articles

Back to top button
Close