Hot News

लकडाउनमा झनै कडाइ – एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नपाइने !

शनिवार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनलाई पूर्ण पालना गराउने निर्णय गरेको छ । बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न चालेको कदमको समिक्षा गरेको रत्यसमा मन्त्रिपरिषदले सन्तुष्टि ब्यक्त गरेको छ ।

मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।शनिबार दिउँसो ४ः३५ बजे सुरु भएको मन्त्रिपरिषद् बैठक साँझ सात बजेसम्म जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लकडाउन र समग्र देशको अवस्थाको बारेमा छलफलका लागि दिउँसो बोलाइएको बैठक लम्बिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ सात बजेसम्म बैठक जारी छ । ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मन्त्रिपरिषद्को ४ : ३५ बजे सुरु भएको बैठक जारी’, थापाले फेसबुकमार्फत् लेखेका छन्, ‘बन्दाबन्दीको समग्र प्रभावका आयामको गम्भीर मूल्याङ्कन ।’सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन थप गर्ने तयारी गरेको छ ।

Similar News: काठमाण्डौमा यस्ता मोटरसाइकल, स्कुटर चलाउनेलाइ तुरुन्त कडा कारवाही गर्दै प्रहरी !
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई कारवाही अभियान थालेको छ । महाशाखाले मोटरसाइकलले ध्वनी प्रदूषण हुनेगरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुपपरिवर्तन गरी चलाउने, लापरवाही ढङ्गले चलाउनेलाई कारवाही थालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

त्यस्ता मोटरसाइकलका कारण दुर्घटना बढ्ने भएकाले सर्वसाधारणमा अनावश्यक आवाजका कारण आ’तङ्कित तुल्याउने भएकाले कारवाही थालिएको हो । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई उपत्यकाभित्र मात्र नभइ देशैभर सञ्चालनमा ट्राफिक प्रहरीले कडाइ गरेको जनाइएको छ ।

Related Articles

Back to top button
Close