Lockdown News

कोरोना सं`क्रमण बढेपछि छठ सम्म कडि कडाउको तयारी !

काठमाडौँ – कोरोना भाइरस सं`क्रमण फैलिने क्रम नघटे पछि सरकारले चाढ-पर्वमा हुने आवतजावतमा कडिकडाउ गर्ने तयारी गरेको छ।चाढ-पर्वमा नागरिकहरुले बढी आवत-जावत गर्ने र त्यसले कोरोना भाइरस संक्र`मणको जोखिम अझ बढी बढाउने भन्दै सरकारले कडिकडाउको तयारी गरेको हो। कडिकडाउ छठसम्मनै रहने अनुमान गरिएको छ।

चाढ-पर्वमा कोरोना भाइरस संक्रमण थप बढ्न सक्ने तर्फ सचेत रहन गृह मन्त्रालयले आफू मातहतका निकायहरुलाई अवगत गराइसकेको छ। गृह`मन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्या`लयलाई निर्देशन दिएको हो।

कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको रोक`थाम, निय`न्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मात`हतका निकायको ध्याना`कर्षण गराइएको गृहले जनाएको छ। मन्त्रालयको निर्देशन अनुरूप केहि जिल्लाहरुमा निषेधाज्ञा तथा प्रतिवन्धको व्यवस्था लागू भइसकेको छ।

निकट रहेको बडादशैँ, तिहार, छठ, नेपाल संवत लगायतका चाडपर्वमा मानिसको आवतजावत बढ्न जाँदा सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दशैँ बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न मन्त्रालयले निर्देशन दिएको छ ।

जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसम्भव उपायहरू अवलम्बन गर्न र गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।

चाड`पर्वको अव`सरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुट`पाट, डकैती, ठगी, कृत्रिम अभाव, कालो`बजारी लगायतका अवाञ्छित तथा आपरा`धिक गति`विधि हुन÷गर्न नदिइ भरपर्दो एवं विश्व`सनीय सुरक्षा व्यवस्था मिलाउन, सुरक्षा निका`यलाई मन्त्रालयले निर्देशन गरेको छ ।कानूनविपरीतका गतिविधिमा संलग्न हुनेलाई तत्काल कारवाही गर्न मातहत सुरक्षा निकाय तथा सबै प्रमुख जिल्ला अधिका`रीलाई निर्देशन दिइएको मन्त्रा`लयले जनाएको छ ।

Related Articles

Back to top button
Close