Lockdown News

जारी भयो निषेधाज्ञा : उल्लंघन गरे कडा कारबाही !

काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरस समुदायस्तरमै फैलिन थालेपछि सुनसरी जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड नपनाउँदा स्थिति भयावह हुने भन्दै जिल्ला भर अनिश्चित कालका लागि निषेधाज्ञा जारी जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

सुनसरीका १२ वटै स्थानीय तहमा राजनीतिक दललाई कार्यक्रम गर्न नदिने, मन्दिर, मस्जिद, चर्च, गुम्बामा भेला भएर दशैँ तिहार तथा अन्य पर्वको शुभकामना आदानप्रदान, तथा उत्घाटन शिलन्यासका काम पनि प्रतिवन्ध लगाइएको प्रशासनले जनाएको छ। पछिल्लो समय विभिन्न राजनीतिक दलको कार्यकर्ता भेला गरेर पार्टी प्रवेश गर्दा धेरै संक्रमण फैलिएको प्रशासनको निष्कर्ष छ ।

जिल्लाका १२ वटै स्थानीय सरकारको समन्वयमा प्रहरी परिचालन गरेर प्रतिबन्ध कडाइ गर्ने अनि उल्लंघन गर्नेलाई कडा कारवाही गरिने बताइएको छ। स्थानीय प्रशासनले निषेधाज्ञा उग्लंघन गरे जो कसैलाई संक्रमण ऐन २०२० अनुसार कडा कारबाही हुनेछ।

शुक्रबारबाट सुनसरीका धरान, इटहरी, इनरुवा, झुम्का, दुहबीलगायतका क्षेत्रमा प्रहरी परिचालन गरी सामूहिक भेला हुनसमेत प्रतिबन्ध लगाइएको छ । नेपालीको महान चाड दशैं नजिकिँदै गर्दा मठमन्दिर शक्तिपिठमा सर्वसाधारण भेला भएर पूजापाठ गर्ने र बलिदिने कार्यले झन् संक्रमण बढ्ने भएकाले सामूहिक रुपमा पूजापाठ, भजन कीर्तन र बलि दिन समेत प्रतिबन्ध लगाइएको छ।

Related Articles

Back to top button
Close