News

पृथ्वी शान्त, घरभित्र हिं`साः लकडाउनले अचानक बढायो सं सारभरी महिला हिं`सा

कुनै व्यक्तिका लागि सबैभन्दा सुरक्षित उसको घर हुन्छ । यो कुरा कोरोनाको सं`कटकालमा त झन् अझै फिट हुन्छ । तर बाहिर कोरोनाको ख`तरा छ र तपाईं घरभित्र पनि सुरक्षित हुनुहुन्नँ भने तपाईं कहाँ जाने ? लकडाउनका बीच घरभित्र वास्तवमै के भइरहेको छ सायद तपाईंलाई थाहा नहोला ।अहिले संसारका थुप्रै देश लकडाउन गरिएका छन् । हालसम्म संसारभरीका १० लाख बढी व्यक्तिमा कोरोनाभाइरसको संक्र`मण देखिएको छ भने ५९ हजार बढीको मृ`त्यु भइसकेको छ । अचम्मको कुरा के हो भने यो म`हामा`रीद्वारा संक्र`मित व्यक्तिको आँकडा साढे दुई लाख पुग्न ८० दिन लागेको थियो तर पछिल्लो १३ दिनमा साढे सात लाख व्यक्ति कोरोना भाइरसद्वारा संक्र`मित भइसकेका छन् ।

नेपालमा आज लकडाउनको १३ औं दिन हो । कतिका लागि यो लकडाउनको समय वरदान साबित भएको होला त कतिका लागि अभिषाप पनि बनेको होला । तर बिडम्बना नै भन्नुपर्छ लकडाउनको क्रममा घरेलु हिं`साको घटना तीब्र रुपमा बढिरहेको छ । र संसारभरी यस्तै भइरहेको छ ।यतिबेला संसारभरीका करिब ३ सय करोड जनता लकडाउनका छन् अर्थात् आफ्नो घरभित्र बन्द छन् । यो आफ्नो परिवारसँग समय बिताउने राम्रो मौका हो । एकअर्कालाई राम्रो तरिकाले बुझ्ने समय पनि हो यो । एक–अर्कालाई प्रेमको आभाष दिलाउने मौका पनि हो तर घरभित्र बन्द भएका मानिसहरु एक–अर्कासँग झगडा गरिरहेका छन् र अहंकारको लडाईं हिंसामा परिवर्तन भइरहेको छ ।

लकडाउनका कारण करोडौं मानिस घरमा बन्द छन्, सडकमा गाडी गुडिरहेका छैनन्, कलकारखाना पनि बन्द छन् । यो शान्तिका कारण पृथ्वीको सतहमा ध्वनी कम्पन कम महसुस भइरहेको छ ।तर पृथ्वीलाई शान्त बनाउने मानिसको मनमा हिंसाको भाव पैदा भएको छ र यसले मानिसहरुको मन र शरीर दुबैलाई घाइते बनाइरहेका छन् । यद्यपि, लकडाउनको क्रममा सोसल मिडियामा तपाईंले श्रीमान्–श्रीमती मिलेर भान्छाको काम गरेको, श्रीमान्ले घरको सर–सफाई गरिरहेको, परिवारका सबै सदस्य खुसी भएर एकसाथ समय बिताइरहेको तस्बिर देख्नुभएको होला तर हिंसाको तस्बिर सार्वजनिक हुँदैनन् । यसमा मानसिक र शारीरिक दुबै प्रकारको हिंसा समावेश छन् ।संसारभरी घरेलु हिं`साको घटना तीब्र रुपमा बढिरहेको छ । यसमा भारत पनि समावेश छ ।

भारतीय सञ्चार माध्यमका अनुसार लकडाउनको क्रममा महिला हिं`साको ऊजुरीमा दोब्बरको वृद्धि भएको छ । राष्ट्रिय महिला आयोगमा मार्चको पहिलो हप्तामा जम्मा १ सय ११ ऊजुरी परेको थियो जुन मार्चको अन्तिम हप्तासम्म आइपुग्दा २ सय ५७ पुग्यो । यतिबेला पुलिसले पनि आफ्नो पूरा संय`न्त्र लकडाउन पालना गर्नका लागि लगाएका कारण घरेलु हिं`साको मुद्दामा खासै ध्यान दिन सकेको छैन । यी त रिपोर्ट गरिएका घटना भए, यस्ता हज्जारौं महिला होलान् जसले आफूमाथि भइरहेको घरेलु हिं`सा चुपचाप सहेर बसिरहेका छन् ।यस्तै घरेलु हिं`साका घटना फ्रान्समा पनि बढिरहेको छ । फ्रान्स १७ मार्चदेखि लकडाउनमा छ ।

Related Articles

Back to top button
Close