News

कक्षा ५ मा पढ्ने बालकले आफ्नै महिला प्रिन्सिपलसँग माया बसेर लेखे यस्तो प्रेमपत्र, जस्ले पाए यस्तो सजाए !

भारतमा हालै एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । विद्यालय पोशाकमा रहेका दुई बालकको हात खुट्टा बाँधेर राखिएको अवस्थाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो । सो तस्बिरको वास्तविकता थाहा पाउने ब्यक्ति भने पहिला निकै आश्चर्यमा पर्नेछ । उनीहरुलाई विद्यालयको प्रिन्सिपलको निर्देशनमा त्यसरी हातखुट्टा बाँधेर राखिएको हो ।

एउटा तिन कक्षा र अर्का पाँच कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई दिइएको सजायको कारण भने निकै उदेकलाग्दो छ । आफ्नै विद्यालयको प्रिन्सिपललाई प्रेम पत्र लेखेका कारण ति दुई मध्ये एक बालकलाई त्यसरी बाँधिएको हो ।

अर्काले कक्षा कोठामा हल्ला गरेको सजाय पाएका हुन् । ति अबोध बालकको मनमा आफ्नै विद्यालयको प्रिन्सिपल माथि माया पलाएपछि उनले प्रेम पत्र लेखे । प्रोढ उमेरकी ति महिला प्रिन्सिपलका लागि त्यो सह्य भएन । उनले बालकलाई सम्झाउनुको साटो सजाय दिने निर्णय गरिन् । उनकै निर्देशनमा बालकलाई हात खुट्टा बाँधिएर राखिएको हो ।

सामाजिक सञ्जालमा तस्बिर भाइरल भएपछि तस्बिरलाई लिएर निकै टिप्पणी भएको छ । अधिकांशले त्यसरी सजाय दिन निर्देशन दिने प्रिन्सिपलको आलोचना गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रिन्सिपललाई कारवाही गर्नुपर्ने माग समेत राखेका छन् । माया सबैको मनमा हुन्छ । अनि माया गर्नका लागि उमेर वाधक बन्दैन, अनि को कुन हैसियतको भन्ने पनि चिन्दैन ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

ति अबोध बालकले देखाएको प्रिन्सिपल प्रतिको प्रेम पनि त्यसैको परिणाम हो । तर ति बालकले भने मायाको बदला सजाय पाउनुपर्यो । सामाजिक सञ्जालमा भाइरल भएको यो घट ना आन्ध्र प्रदेशको एक स्कुलको हो । अनन्तपुर जिल्लाको कादिरी नगरपालिकास्थित मासानम्पेट निम्न माध्यामिक विद्यालयमा अध्ययनरत यि बालकले आफ्नै प्रिन्सिपललाई प्रेम पत्र लेखेका हुन् । सामाजिक सञ्जालमा तस्वीरसहित उक्त घटना सार्वजनिक भएपछि सामाजिक कार्यकर्ताहरु प्रिन्सिपलमाथि कडा कारवाही हुनुपर्ने माग गरिरहेका छन् । स्थानीय प्रशासनले समेत घटनाको छानबिनका लागि आदेश दिइसकेको छ ।

आधा पाकेको सुँगुरको मासु खाएको एक महिनापछि व्यक्तिको शरीरभरी भेटिए ७ सय फित्ते जुका

नपाकेको मासु मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ । जुनसुकै जिवको मासु राम्रोसंग पाकेको छैन भने त्यसले मानिसको पाचन प्रकृया लगायत अन्य स्वास्थ्य समस्या उब्जाउँछ । त्यस्तै सुँगुरको मासु खानेबेलामा पनि निकै बिचार पुर्याउनु पर्छ । राम्रोसंग नपाकेको सुँगुरको मासु खाएका एक ब्यक्तिको शरिरमा आएको अचम्मको स्वास्थ्य समस्याले अहिले मासु खानेहरुका लागि सतर्क हुनुपर्ने अवस्था निम्त्याएको छ ।

एक महिना अघि राम्रोसंग नपाकेको सुँगुरको मासु खाएका एक ब्यक्तिको शरिरभित्र ७ सय भन्दा धेरै जुका भेटिएका छन् । चीनका ४६ वर्षका झु जोन्गफाको शरीरमा ७ सय बढी परजीवी फित्ते जुका (टेपवर्म) भेटिएका छन् । उनले एक महिना अघि राम्रोसंग नपाकेको सुँगुरको मासु खाएका थिए । शरिरमा उत्पन्न भएको जुका ति ब्यक्तिको दिमागदेखि मृगौलासम्म पुगिसकेका थिए । स्थानीय मडियाका अनुसार ति ब्यक्तिलाई अन्तिम अवस्थामा अस्पताल पुर्याइएका थिए ।

मजदुरी गर्ने झु को उपचारको क्रममा चिकित्सकले उक्त फित्ते जुकाको अण्डा पेटसम्म पुगिसकेको र रगतमार्फत् शरीरभरी फैलिसकेको पत्ता लगाएका थिए । डाक्टरका अनुसार उक्त फित्ते जुका सुँगुरको मासुमार्फत् उनको शरीरभित्र प्रवेश गरेको बताएपछि उनले एक महिना अघि आफुले मासु खाएको स्मरण गरेका थिए ।

Related Articles

Back to top button
Close