News

चैत महिनाको भाडा लिने घरबेटीको तत्काल यसरी सूचना दिनुहोस् : सरकारले कारबाही गर्छ

काठमाडौ । चैत महिनाको भाडा लिने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ ।मन्त्रिपरिषदको आइतबारको बैठकले सबै घरधनीलाई चैतको भाडा नलिन आग्रह गरेको थियो । भाडा माग्ने घरबेटीको सूचना सरकारलाई दिनुपर्ने र त्यस्ता घरधनीलाई सरकारले कार्बाही गरेर बहालमा बस्नेलाई रकम उपलब्ध गराउँने भएको छ ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्रीमन्त्री डा. युवराज खतिवडाले देशैभरिका घरधनीलाई चैत्र महिनाको भाडा नलिन आग्रह गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले भाडा लिने घरधनीलाई कारबाही गर्ने उल्लेख गर्नुभएको छ । ‘सरकारले सबै घरधनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको छ’ उहाँले भन्नुभयो, ‘ यो घरनीलाई सरकारले कर छुट गरेको छ ।

अर्थमन्त्रि तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडा । त्यही भएर एक महिनाको भाडा नलिन भनिएको हो । सरकारको निर्णय र आग्रह बेवास्ता गरी भाडा लिए त्यस्ता धरधनीलाई सरकारले एक्सन लिन्छ ।’ मन्त्री खतिवडाले एक महिनाको भाडा नलिँदैमा घरधनी टाट पल्टिने अवस्था नरहेको समेत बताउनु भयो ।

दिल्लीकाे मुस्लिम भेलामा सहभागी भएका एक नेपालीमा कोरोना संक्रमण देखियाे

नयाँदिल्ली, २२ चैत । दिल्लीस्थित निजामुद्दिनमा केही दिनअघि सम्पन्न मुस्लिमहरुको धार्मिक भेला ‘जमाती’मा सहभागी भएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।भारतीय स्वास्थ्य अधिकारीहरुका अनुसार भेलामा सहभागी रहेका नेपालको पर्सा जिल्ला निवासी ६६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । पछिल्लो समय भारतमा कोरोना संक्रमण बढिरहेको छ, जसमध्ये अधिकांश नयाँ केसहरु सोही मुस्लिम धार्मिक भेलामा सहभागी भएकाहरुसँग सम्बन्धित देखिन्छन् ।

कोरोना देखिए ती नेपाली भारतमा लक डाउन हुनुअघि नै हरियाणा पुगेको र त्यहाँ अन्य दश जना सहभागीसहित हरियाणा, अम्बालास्थित महेशनगरको एक मस्जिदमा बस्दै आएका थिए । त्यहाँ पुगेका सबै नेपाली पर्सा जिल्ला मुस्लिम समयुदायका रहेको खुलेको छ ।

Related Articles

Back to top button
Close