Lockdown News

काठमाडौं उपत्यकामा फेरि निषे`धाज्ञा !

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा निय`न्त्रणका लागि काठमाडौं उपत्यकाका तीनै जिल्लामा पुनः निषे`धाज्ञा लगाउन भक्त`पुर नगरपालिकाले सरकारसँग माग गरेको छ ।

नगरपालिका स्तरीय प्रकोप व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले काठमाडौं, ललितपुर र भक्तपुरमा पुनः निषे`धाज्ञा लगाउन आग्रह गर्ने निर्णय भएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

नगर प्रमुख प्रजापतिले भने, ‘उपत्यकामा दैनिक संक्रमण दर बढ्दो छ । यसले उपत्यकावासीमा संक्रमणको खतरा बढ्दै गएको संकेत गरेको छ । त्यसैले कोरोनाको हट स्पट हुनबाट बचाउन पुनः लकडाउन वा निषेधाज्ञा लगाउनुको विकल्प छैन भन्ने निष्क`र्षमा हामी पुगेका छौं । तसर्थ सरकारलाई पुनः निषेधाज्ञा लगाउनका लागि आग्रह गर्ने निर्णय भएको छ ।’

दसैंको समयमा भीडभाड बढेर कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भा`वनालाई मध्यनजर गर्दै नेपाल सरकारलाई विगतमा जस्तै अतिआवश्यक सेवाबाहेकका अन्य सेवाहरु बन्द हुने गरी पुनःनिषेधाज्ञा गर्न अनुरोध गर्ने निर्णय भएको उनको भनाइ छ ।

(अनलाइनखबरबाट)

Related Articles

Back to top button
Close