Economic News

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार तोलामा ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ८ सय रुपैयाँले नै बढेको हो ।

शुक्रबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ८ सय रुपैयाले बढेर तोलाको ९५ हजार ६०० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यसैगरी आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Related Articles

Back to top button
Close