NewsThoughts

अझै एक साता लकडाउन बढाउन विज्ञहरुको सुझाव !

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै गरिएको लकडाउन १२ दिनदेखि जारी रहदा विज्ञहरुले अझै एकसाता लकडाउन बढाउन सरकारलाई सुझाव दिएका छन् ।सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो ।

भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले लकडाउन अवधि पनि बढाउनुपर्ने अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले जानकारी दिए ।कोरोना भाइरसको संक्रमण र विकास अवधि १४ दिनपछि मात्र देखिने हुनाले यो समयमा नेपाल छिरेकाहरुको नमुना परीक्षण रिपोर्टको अध्ययन नगरी लकडाउन खोल्दा जोखिम बढ्नेमा विज्ञहरु एकमत देखिएका छन् ।

क्वारेनटाइनमा रहेका नेपालीको नमुना परीक्षण र सीमानाकाबाट नेपाल छिरेका व्यक्तिको स्वास्थ्य अवस्था अध्ययनपछि मात्र लकडाउन खुलाउन उपयुक्त हुनसक्नेबारे सरकारलाई सुझाव दिने निर्णय भएको उनले जानकारी दिए ।(खबरहब)

Similar News लकडाउन उलंघन रोक्न खोज्दा कांग्रेस नेतामाथि छु`रा प्र`हार

विराटनगर : लकडाउ’ उलंघन रोक्न खोज्दा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ। कांग्रेसका पूर्व क्षेत्रीय सदस्य ६५ वर्षीय दिलिप तामाङमाथि शुक्रबार साँझ ७ बजेतिर छुरा प्रहार भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए ! विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको लकडाउनउल्लंघन हुने क्रम बढेपछि स्थानीय स्तरमा तामाङले त्यसलाई रोक्ने काम गरेका थिए। डीएसपी गिरीका अनुसार लकडाउनको समयमा सवारी साधन कुदाउने, हिँडडुल गर्ने क्रम बढेपछि तामाङले सडकमा बाँस तेस्र्याएर त्यसलाई रोक्ने प्रयास गरेको पाइएको छ।

Related Articles

Back to top button
Close