Political Views

सबै मन्त्री फेरिने पक्का : को–को बन्दैछन् मन्त्री, ओलीले फेरी गोकल नै किन रोजे [ नामावलीसहित ]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वमन्त्री गोकल वास्कोटालाई पुनः मन्त्री बनाउने तयारीमा रहेको खुलेको छ । सत्तारुढ दल नेकपाभित्र मन्त्री परिषद्को पुनः गठनको विषयमा लामो समयदेखि चर्चा हुँदै आएको छ । रिक्त रहेका केहि मन्त्री पुर्ती गर्नुपर्ने ओलीको माग रहेको छ । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सम्पुर्ण मन्त्री परिषद् नै परिवर्तन गर्ने विचारमा रहेका छन् ।

प्रचण्डले ८ जना पूर्व माओवादीका तर्फबाट बुझाईएको मन्त्रीहरुको सूचीमा गृहमन्त्री राम बहादुर थापा, उर्जा मन्त्री वर्षमान पुन र खानेपानी मन्त्री विना मगरलाई यथावत राख्नुपर्छ भनिएको छ । यसै गरी जनार्दन शर्मा, देव गुरुगं, पम्फा भुषाल, देवेन्द्र पौडेल र मातृका यादवलाई मन्त्री नियुक्त गर्नुपर्ने सूचिमा राखिएको छ ।

अर्कोतिर नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पूर्व एमालेका तर्फबाट भने मन्त्रीहरूमा विष्णु पौडेल, भीम रावल, तुलसा थापा, सुरेन्द्र पाण्डे, महेश बस्नेत र गोकुल बाँस्कोटालाई अवसर दिने तयारी गरिरहेका छन् ।

यसबाट ओलीले फेरी पनि गोकुललाई नै मन्त्रीपरिषद्मा चाहेको भन्ने कुरा स्पष्ट हुन्छ । अहिलेको ओली सरकारमा सञ्चार तथा सुचना प्रविधिमन्त्री रहेका बास्कोटाले ७० करोड कमिसन प्रकरणमा नाम जोडिएपछि राजिनामा दिनु परेको थियो ।

बास्कोटालाई गलत सावित गर्न चाहाने मीश्र यतिबेला नेपालमा नभएको बताइन्छ । बास्कोटासँग यहि सरकारको मन्त्री अझै २ बर्ष भन्दा धेरै चलाउने मौका छ । तर, मीश्र त्यति समय नै आएनन् भने के एक क्षमतावान नेतालाई मन्त्री बन्ने अवसर नै नदिने भन्ने कुरा ओलीपक्षका रहेको छ । बास्कोटा आफुले पटकपटक आफु काभ्रेली जनताको प्रिय पात्र भएको बताउँदै आएका छन् ।

Related Articles

Back to top button
Close