Lifestyle/ Health

खाली पेटमा खान नहुने खानेकुरा के के हुन् ? थाहा पाउनुहोस्

स्वस्थ जीवनका लागि सही समयमा सही चिजको सेवन आवश्यक हुन्छ । मानिसको स्वास्थ्य उसको खानपानमा निर्भर रहन्छ ।खानपान स्वच्छ, पौष्टिक र ठिक्क मात्रामा खाए यसले लाभ पुर्याउँछ । तर कतिपय अवस्थामा भने कुन समयमा के खाने र के नखाने भन्ने बिषयको जानकारी समेत आवश्यक हुन्छ । आज हामी खाली पेटमा खान नहुने चीजबारे जानकारी दिदैछौं ।

१. टमाटर
टमाटरमा पर्याप्त मात्रामा भिटामिन र एन्टिअसिक्डेन्ट भरपूर मात्रामा पाइन्छ । तर यसलाई खाली पेटमा खायो भने एसिडिकका कारण पेटमा नकारत्मक असर पर्न जान्छ । जसले पेट दुख्ने समस्या हुन सक्छ । अझ अल्सर पी’डितका निम्ती खाली पेटमा टमाटरको सेवन हा’निकारक हुन्छ ।

२. अमिलो फल
भिटामिन सी, फाइबर र एन्टिअक्डिेन्ट पाइने अमिलो फल जस्तै सुन्तला, अंगुर, अमिलो लगायतका फलको सेवन खाली पेटमा हानिकार हुन्छ । यसले पेट दुख्ने समस्या हुन सक्छ ।

४. पफ, पेस्ट्री
बिहान खाली पेटमा खाजामा पफ वा पेस्ट्री खानु हुदैन । यसमा एक किसिमको ढुसी हुन्छ । जसले खाली पेटमा हामीलाई दुःख दिन सक्छ ।

५. पेय पदार्थ
चिसो पेय पदार्थ त्यसै पनि शरीरका लागि लाभदायक मानिँदैन । अझ बिहानीको खाली पेटमा यसको सेवन झनै ख’तरनाक हुन्छ । बिहान उठ्ने बित्तिकै कार्बोनेटेड ड्रिक्स पिएमा क्यान्सर तथा मुटुका बिरामीलाई असर पार्दछ ।

६. केरा
खाली पेटमा केरा खाँदा शरिरमा म्याग्रिशियमको मात्रा धेरै बढ्न जान्छ । जसुका कारण शरिरमा क्याल्सियम र म्यागनिशियमको मात्रा असन्तुलन हुन जान्छ । विहान खाली पेटमा केरा नखानुहोस् ।

७. मसालेदार खाना
कहिल्यै पनि खाली पेटमा मसालेदार खाना नखानुहोस् । यसमा प्राकृतिक एसिड हुने गर्छ जसले खाना पचाउन प्रक्रियालाई बिगार्ने गर्छ । यसका कारण पेटमा धेरै समस्या देखिने गर्छ ।

८. मे’डिसिन
प्राय डाक्टरहरु बिरामीहरुलाई खाली पेटमा औषधि नखान भन्छन् । किनभने औषधि खानाले एसिडको समस्या देखिन्छ । यसले शरिरमा असन्तुलन पैदा गर्छ ।

९. सुगर
बिहान उठेपछि वा खाली पेटमा तपाई मिठो चीज खाना रुचाउँनु हुन्छ । यसले तपाईको शरिरमा डायबिटिज बढाउने काम गर्छ । त्यही कारणले गर्दा खाली पेटमा पानी पिएर केही खानु उपयुक्त हुन्छ ।

Related Articles

Back to top button
Close