अमेरिकामा एकैदिन १ हजार ३२० को मृत्यु, ३२ हजार बढी नयाँ संक्रमित !
काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ ।अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ३२० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ३९१ पुगेको छ ।अमेरिकामा एकैदिन ३२ हजार ०८८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ९६५ पुगेको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ ।अमेरिकामा संक्रमितमध्ये १२ हजार २८३ जना उपचारपछि निको भएका छन् । ५ हजार ७८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने २ लाख ५७ हजार २९१ जना उपचाररत छन् ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ९७२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५९ हजार १४० पुगेको छ । संक्रमितको संख्या विश्वमा १० लाख ९७ हजार ८१० पुगेको छ । एकै दिन ८२ हजार ७४५ जनामा संक्रमण देखिएको जनाइएको छ ।संक्रमितमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएका छन् ।
जापानमा कोरोना भाइरसको संक्रमण उच्च, टोकियो पनि न्युयोर्ककै अवस्थामा पुग्ने खतरा>>>
काठमाडौं – जापानमा कोरोना भाइरसका संक्रमित दैनिक दोब्बरले बढ्न थालेपछि अमेरिकाको न्युयोर्कको अवस्था बन्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।समाचार संस्था सीएनएनका अनुसार मार्चको अन्तिम दिन जापानको टोकियोमा ४० जना संक्रमित देखिएकामा त्यसयता विहिबार ९७ जना र शुक्रबार ८९ जना नयाँ संक्रमित देखिएका छन् ।कोवे विश्वविद्यालयका संक्रमण नियन्त्रण विज्ञ केनटारो लावटाले टोकियोमा अहिलेकै दरमा संक्रमण फैलदै गए अवस्था भयाभव हुने चेतावनी दिएका छन् ।