Entertainment

टिकटक बनाउँदा प्रहरीको अनुमति लिनु पर्ने; नलिए कारबाही गर्ने चेतावनी(सूचना सहित)

नेपाल प्रहरीले अनुमति नलिएर प्रहरीको लोगो, पोसाक र दज्र्यानी चिह्न प्रयोग गरिए कारबाही गरिने चेतावनी दिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले बिहीबार एक सूचना जारी गर्दै विभिन्न चलचित्र, टेलिचलचित्र, टिकटक, सर्ट फिल्म, प्रायंक, सांगितिक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भएको भन्दै कारबाही गर्ने चेतावनी दिएको हो।प्रहरीले प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचार प्रसार ईकाईबाट पोसाक तथा लोगो प्रयोगका लागि अनुमति लिन सकिने जनाएको छ।

सूचना

विभिन्न चलचित्र, टेलिचलचित्र, short movies, prank videos, सांगितिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको र यस सम्बन्धमा निम्नानुसार स्पष्ट गर्न चाहन्छौं:

१- प्रहरी पोसाकको प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालय नक्साल स्थित जनसम्पर्क तथा प्रचार- प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराउन चाहन्छौं ।

२- प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार- प्रसार ईकाईको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन हुन समेत जानकारी गराइन्छ ।

३- यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही व्यहोरा हुने समेत थप स्पष्ट पार्न चाहन्छौं ।

Related Articles

Back to top button
Close