News

निजी सवारी साधन तथा र मोटरसाइकल,स्कुटर लामो दुरीमा चल्न पाउने

सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले केही दिनका लागि सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगायको हो।

निजी सवारी साधन तथा र मोटरसाइकल,स्कुटर लामो दुरीमा चल्न पाउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए। ‘लामो दुरीको यात्रा गर्दा एउटा यात्रुमा संक्रमण भए अरुमा पनि सर्न सक्छ। धेरै यात्रु एउटा गाडीमा हुदा जोखिम बढ्छ,’ उनले भने ‘निजी सवारी साधन रोक लगाउने कुरा छैन।

Source: https://newsnepalpost.com/

यी हुन् कोरोना भाइरसका संक्रमित नभेटिएका देश

विश्वका सबै देशहरुमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । विश्व नै रोगको महामारी छ । चीनबाट तीन महिना अघि फैलिएको कोरोना भाइरसले यसबीच विश्वलाई नै प्रभावित बनाइसकेको छ ।तर, केही देशहरुमा अझै कोरोना भाइरसको संक्रमित भेटिएका छैनन् । ती देशहरुमा सम्भावित संक्रमितको राम्ररी चेकजाँच नभएको या तथ्यांक लुकाइएको विषय पनि नआएको होइन । संक्रमण देखानपरेका देशहरु प्रायः कमजोर आर्थिक अवस्था भएकामा पर्दछन् ।

कोरोना संक्रमण नभेटिएको भनिएको उत्तर कोरियाली तथ्यांक लुकाइएको बताइएको छ । तर, उत्तर कोरियाले बारम्बार संक्रमित नभएको दाबी गर्दै आएको छ ।यमन र दक्षिण सुडान युद्धग्रस्त छ । साओ टोम एन्ड प्रिन्सिपी, मलावी, लेसोथो, कोमोरोज जस्ता देश साना र आर्थिक रुपमा कमजोर मान्छिन् । ताजिकिस्तान र तुर्केमिनिस्तानमा पनि संक्रमण भेटिएको छैन ।

Related Articles

Back to top button
Close