Corona (COVID-19) Updates

काठमाडौ बासिलाइ भर्खरै आयो अत्यन्तै दुःखद् खबर !

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर डर लाग्नेगरी बढेका बेला काठमाडौँ उपत्यकामा १६ सय ८४ जना संक्रमित थपिएका छन् । जसमध्ये आजमात्रै काठमाडौँमा १२९६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै भक्तपुर र ललितपुरमा ९५ र २९३ जनामा संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै आज देशभर ३४३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।१४२०९ जनामा पिसिआर परिक्षण गरिएकोमा जनामा कोरोना ३४३९ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित देशभर २५ हजार ७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सहित देशभर ६७ हजार ८६८ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने दर ७२ दशमलव ९ प्रतिशत रहेको छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Related Articles

Back to top button
Close