News

नेपाली सेनाले रद्द गर्‍यो स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर प्रक्रिया

काठमाडौँ । कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया नेपाली सेनाले रद्द गरेको छ । सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो । सरकारबाट प्राप्त १० करोड र सेना आफैंले ७ करोड गरी १७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सेनाको तयारी थियो । सेनाले स्वास्थ्य उपकरण तथा सामग्री ल्याउनका लागि टेण्डर आह्वान गरेको थियो ।

सरकारबाट प्राप्त १० करोडमा आजैदेखि २० बेडको आइसीयूको काम भइरहेको छ भने ७ करोडको टेन्डर प्रक्रिया रद्ध भएको नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । प्रवक्ता पाण्डेका अनुसार ७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर रद्द भएको हो । उनले भने, ‘सरकारले जिटुजी प्रक्रियामार्फत सामग्री किन्ने निर्णय गरेकाले सेनाले पनि अब जिटुजीमार्फत सामग्री खरिद गर्छ ।’
रातोपाटी

यो पनि… विज्ञको चेतावनी : नेपाली सेनालाई खरिद–बिक्री र ठेक्कापट्टामा लगाउँदा पाकिस्तानको हालत हुन सक्छ>>

काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड–१९)को उपचारका लागि अत्यावश्यक मेडिकल सामग्री खरीदको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेसँगै उक्त निर्णयको व्यापक आलोचना सुरु भएको छ ।सरकारको यो निर्णयले जननिर्वाचित सरकार र लोकतान्त्रिक गणतन्त्रमाथि नै गम्भिर प्रश्नहरु उठ्न पुगेको टिप्पणी हुन थालेका छन् । हरेक कामको जिम्मा नेपाली सेनालाई दिनुले कतै मुलुकलाई पाकिस्तानी मोडलमा लैजान त लागिएको होइन भन्ने प्रश्नसमेत उठेका छन् ।नेपाली सेनाको मुख्य जिम्मेवारी भनेको राष्ट्रिय अखण्डता, सार्वभौमिकताको रक्षा गर्नु हो । तर पछिल्लो समय सेनाको काम भनेको ठेक्कापट्टा र व्यापार व्यवसायमा केन्द्रित हुन थालेको छ ।

सरकारले नागरिक प्रशासनमार्फत् गर्नुपर्ने काममात्र होइन, ठेकेदार र व्यापारीले गर्नुपर्ने कामको जिम्मा पनि धमाधम सेनालाई दिन थालेपछि मुलुक असफलतातिर गएको त होइन ? भन्ने गम्भिर सवालसमेत उठ्न थालेको छ । के नागरिक प्रशासन र राज्यका अन्य संयन्त्र काम नलाग्ने पङ्गु भइसकेको हो त ? के यसरी सवै कुराको जिम्मा सेनालाई दिदै जाने हो भने भोलि नेपालको राज्यसत्ता पनि पाकिस्तानमा जस्तै सेनाले नै सम्हाल्ने अवस्था नआउला ? पूर्व प्रशासक, राजनीतिज्ञ र नागरिक समाजका अगुवाहरुले यसलाई कसरी लिन्छन् ? रातोपाटीले राखेको जिज्ञासामा उनीहरुले मुलुकका लागि यस्तो अवस्था दुर्भाग्यका रुपमा देखा परेको बताए ।

Related Articles

Back to top button
Close