Lockdown News

भोलिदेखि अनिश्चितकालका लागि बन्दको घोषणा, बाहिर निस्कन पनि नपाइने !

दमौली । भीमाद नगरपालिकाले समुदायस्तरमा संक्रमणको जोखिम बढेको भन्दै अनिश्चितकालका लागि नगरक्षेत्र बन्दको घोषणा गरेको छ ।

यसअघि एक जनामा संक्रमण देखिएकामा हाल उनको सम्पर्कमा रहेका भीमाद ६ का चार जनामा एकैसाथ संक्रमण भेटिए पछि नगरपालिकाले सूचना जारी गरेर सबै वडा क्षेत्रमा अत्यावश्यकबाहेकका सेवा रोक्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत थमनसिं थापाद्वारा जारी सूचनामा नगर क्षेत्रका सबै संघ संस्था बन्द गर्न तथा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनिएको छ ।

नगरपालिकाले मध्यरातबाट लागू हुने गरी जारी गरेको सूचना अनुसार अर्को सूचना नआउँदासम्म स्वास्थ्य र सुरक्षा बाहेकका काम सबै रोकिनेछ।

Related Articles

Back to top button
Close