Corona (COVID-19) Updates

विश्व स्वास्थ्य संगठनको डरलाग्दो खुलासा एक पटक अवश्य पढ्नुहोला

कोरोना भाइरस संक्रमण विश्वभर द्रुत रूपमा फैलीरहेको छ। दुनियाभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ५७ लाख भन्दा पनि बढी छन् भने ज्यान गुमाउनेको संख्या १० लाख ४५ हजार भन्दा बढी छ।

यसैबीच विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमणको बारेमा एउटा डर लाग्दो खुलासा गरेको छ। संगठनका नेताहरूको विशेष बैठकमा भनिएको छ कि विश्वमा हरेक १० मध्ये एक जनालाई कोरोना भाइरस संक्रमित भएको हुन सक्छ। मिडिया रिपोर्टका अनुसार संगठनका एक वरिष्ठ अधिकारीको भनाई छ कि संसारको कुल जनसंख्याको एक हिस्सा खतरामा रहेको छ।

स्विट्जरल्याण्डको जेनेभा स्थित विश्व स्वास्थ्य संगठनको मुख्यालयमा भएको बैठकमा उक्त संगठनले कोरोना संक्रमणको वास्तविक संख्या ८० करोडको करीब हुन सक्ने बताएको छ, जबकि हालसम्म साढे तीन करोड मानिसहरूलाई मात्र यस भाइरसको संक्रमण भएको पुष्टि भएको छ। धेरै विज्ञहरूले पहिले देखि नै भन्दै आएका छन् कि संक्रमणको वास्तविक संख्या संक्रमणको पुष्टि भएका घटनाहरू भन्दा धेरै बढी हुन सक्छ।

Related Articles

Back to top button
Close