Lockdown News

भोलिदेखि एक हप्तासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने !

सुर्खेत । जिल्ला अदालत सुर्खेतले भोलिदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ ।

अदालतमा कार्यरत चारजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि एक साता (असोज २७ गते) सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिने भएको हो।

बन्दी प्रत्यक्षीकरणको निवेदन, पक्राउ पुर्जी, पक्राउ पुर्जी अनुमति, अभियोग दर्ता, बयान, थुनछेक आदेश, घरेलु हिंसा लगायतका अत्यावश्यक सेवा नियमित रहने सुर्खेत जिल्ला अदालतका स्रेस्तेदार यमप्रसाद बास्कोटाले जानकारी दिए ।

पछिल्लो समय सुर्खेतमा पनि संक्रमण बढ्दोक्रममा छ।

Related Articles

Back to top button
Close