Thoughts
भोलि नै म`र्दैछु भनेर बाँच, सधैभरी बाँच्छु भनेर केही सिक – ‘गान्धी’
महात्मा गान्धी भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख नेता हुन् । यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ ।अहिं`सावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्र संघले विश्व अहिं`सा दिवसको रूपमा मनाउने गर्दछ ।
उनी सत्याग्रह का अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिं`सात्मक आन्दोलन भनिएको छ । उनका जीवन उपयोगी भनाइहरु समेत चर्चित रहेका छन् । हामीले यहाँ गान्धीका केही महत्वपूर्ण भनाइहरु प्रस्तुत गरेका छौं–
- १. जहाँ प्रेम छैन त्यहाँ जीवन पनि हुँदैन ।
- २. स्वतन्त्रतता राष्ट्रको अनन्त यौवन हो ।
- ३. पुस्तक र मोतीमा यति फरक छ कि मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।
- ४. कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमादान गर्नु वलिष्ठ व्यक्तिको गुण हो ।
- ५. पहिला तिनीहरुले वेवास्ता गर्नेछन्, त्यसपछि तिमी उपर हास्नेछन्, त्यसपछि ल`ड्नेछन् र अन्तमा तिमीले जित्ने छौं ।
- ६. तिमीले संसारलाई जस्तो परिवर्तित रुपमा देख्न चाहन्छौ, पहिला तिमी स्वयमं परिवर्तन हुनुपर्नेछ ।
- ७. यसरी बाच कि तिमी भोलि नै म`र्दैछौ । तर यसरी सिक कि तिमी सधैभरी बाच्दैछौ ।
- ८. मानिस आफ्नो सोचाइको उत्पादन हो, व्यक्ति त्यही बन्छ जे उ सोच्छ ।
- ९. यदि तिमी अल्पमतमै छौ भने पनि सत्य भनेको सत्य नै हुन्छ ।
- १०. आफूलाई चिन्नका लागि सबैभन्दा उत्तम उपाय अरुको सेवामा आफूलाई समर्पित गर्नु हो ।
- ११. तैले मेरो आँखा फोडिस् म तेरो फो`ड्छु` भनेर आँखाको बदला आँखा गर्ने हो भने संसार पूरै अध्यारो हुन्छ ।