Corona (COVID-19) UpdatesNews

कास्कीमा कोरोनासंक्रमित भनेर आशंका गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । कास्कीमा कोरोनासंक्रमित भनेर आशंका गरिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।कास्कीमा भारतबाट फर्किएका एक व्यक्तिमा कोरोनाभाइरसको आशंका गरी थप परीक्षणका स्वाब काठमाडौँ पठाइएको थियो ।

Related News::: कोरोनाको त्रास : कसरी काम गर्दैछन् बैङ्कका कर्मचारी ?

बैङ्कर्स भन्छन् – बैङ्कको मूल उद्देश्य भनेकै ग्राहकको सेवा हो, हामी निरन्तर सेवामा छौंं

भक्तपुरको गोठाटारबाट काठमाडौंको कमलादीस्थित ग्लोबल आइएमई बैङ्कको मूख्य कार्यालय पुग्न सँधै एकदेखि डेढ घन्टा लाग्थ्यो स्वस्तिका वलीलाई । तर आजभोलि उनी १५ देखि २० मिनेटमा कार्यालय पुग्छिन् । किनकि देश ‘लकडाउन’ छ, सडकमा मानिस र सवारी साधन फाट्टफुट्टमात्र हुने भएकाले ट्राफिक जामको सास्ती छैन ।कार्यालयको गाडीले नै ल्याउने र लैजाने गर्ने भएकाले ग्लोबल बैङ्कको सेन्ट्रल ट्रेड फाइनान्समा कार्यरत वलीलाई कार्यालयको काममा जान–आउन निकै सहज भएको छ आजभोलि । तर मनमा भने भयले नराम्ररी चपेटेको छ ।

कोरोनाभाइरसको महामारी फैलिएसँगै विश्व समुदाय नै यतिबेला त्रासमा छ । विश्वले नै महामारी नियन्त्रणका लागि लकडाउनको निती अवलम्बन गरेपछि नेपाल सरकारले पनि मुलुकलाई लकडाउन गर्यो । लकडाउनको निर्णयसँगै सरकारले अत्यावश्यक सेवाका क्षेत्रलाई भने सुचारु राख्न निर्देशन दियो ।

Related Articles

Back to top button
Close