News

पेप्सिकोलामा ग्यास पड्किं`दा ५ जना घा`इते, घा`ईते हुनेहरु चारजना कार्की र एकजना खड्का

काठमाडौ । काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकामा स्थित पेप्सिकोलामा ग्याँस पड्किएको छ । ग्याँसको सिलिन्डर लिक भएर ग्याँस पड्किंदा ५ जना घा`इते भएका छन् ।

घाइते हुनेहरूमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घाइते उनीहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । घा`इते मध्ये पर्वत कार्कीको अवस्था सामान्य छ भने अरुको गम्भिर भएको प्रहरीले जनाएको छ ।

खाजा बनाउनको लागी ग्याँसको रेगुलेटर खोलेर लाइटर बाल्ने क्रममा ग्यास लिक भएको हुन सक्ने प्रहरीले बताएको छ । ग्याँस पड्किं`दा घरधनी कृष्ण कार्कीको घरमा क्षति पुगेको छ ।

Related Articles

Back to top button
Close