Corona (COVID-19) UpdatesInternational News

फ्रान्समा २४ घण्टाभित्र १,३५५ को मृ`त्यु

फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाए`का छन् । यससँगै यहाँ मृत`कको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ सं`क्रमित भेटिएपछि यहाँ सं`क्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ । तीमध्ये ६ हजार ३ सय ९९ को स्थिती गम्भीर छ । यद्यपि, १२ हजार ४ सय २८ सं क्रमित निको भएर घरसमेत फर्किसकेका छन् ।

एजेन्सी

कोरोना सं`क्रमित ३० प्रतिशतमा कुनै लक्षण नै नदेखिने : सं`क्रमण फैलाउन यो वर्ग सबैभन्दा बढी घा`तक

न्यूयोर्क । कोभिड–१९ अर्थात् कोरोनाभाइरसको सं`क्रमण विश्वव्यापी रुपमा द्रुत गतिमा फैलिरहेको सम्बन्धमा विभिन्न अध्ययन तथा अनुसन्धान भइरहेको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसका केही सं`क्रमित बिरामीमा प्रष्ट लक्षणहरु देखा नपर्दा उनीहरु सं`क्रमण फैलाउने माध्यम बन्ने गरेको पाइएको छ । चीनमा सुरुवाती चरणमा यस्ता संक्रमित एक देखि तीन प्रतिशतको हाराहारीमा पाइएका थिए । यद्यपि हाल सरदर ३० प्रतिशत सं`क्रमितमा लक्षणहरु प्रष्ट नदेखिने विभिन्न अध्ययनले देखाएको छ

।अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसीपी) काअनुसार अमेरिकामा यस्ता २० प्रतिशत मामिला प्रकाशमा आएको छ । सीएनएन, फोर्ब्स र नेचरमा प्रकाशित रिपोर्टका अनुसार सबैभन्दा बढी जापानमा ३०.८ प्रतिशत, इटलीमा ३० प्रतिशत, इरानमा २० प्रतिशत, स्पेनमा २७ प्रतिशत र जर्मनीमा १८ प्रतिशत सं`क्रमितमा कोरोनाभाइरसको खास लक्षण नै पाइएको थिएन ।

यस्ता सं`क्रमितमा धेरैजसो युवा रहेको बताइएको छ । भारतमा पनि ‘असि`म्प्टोमेटिक’ अर्थात कुनै खास लक्षणविना नै सं`क्रमित भएका बिरामी पाइएको भए पनि सरकारले त्यस्ता बिरामीको तथ्यांक जारी गरिसकेको छैन ।

Related Articles

Back to top button
Close