Hot News

भारतको क्वारेन्टाइनमा रहेका नेपालीमाथि भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार

कञ्चनपुरसँग सीमा जोडिएको वनवसा नाकामा १ सय १५ जना नेपाली क्‍वारेन्टाइनमा छन्। भारतको वनवसामा रहेको आम बगैंचानजिकको शारदा इन्टर कलेजको एकै कोठामा ३० जनाका दरले उनीहरूलाई राखिएको छ। नेपाल सरकारले जारी गरेको क्‍वारेन्टाइन निर्दे्शिकामा हरेकको दूरी कम्तीमा डेढ मिटर तोकिएको छ। भारतका सीमावर्ती सहरमा बसेका नेपाली एकै कोठामा खाँदाखाँद बसेका छन्।

उत्तराखण्ड राज्यका विभिन्न ठाउँमा काममा रहेका उनीहरू भारतमा लकडाउनपछि पैदलै सीमा नाकासम्म आएका थिए। कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका गणेश विकले वनवसा क्‍वारेन्टाइनमा सुरक्षाकर्मीको दुव्र्यवहार सहनुपरेको बताए। ‘तुम्हारे नेपालमै हमारे भारतीय नागरिकको खाना भी नही मिल रहा है’, उनले भारतीय सुरक्षाकर्मीको भनाइ उद्धृत गरे, ‘तुम लोग आपने सरकारसे बोलो ना नेपाल जाने के लिए।’

संग्रौलाको ‘लकडाउन डायरी’भोलिदेखि रातोपाटीमा

‘को सक्छ निदाउन खरबारीमा, वरिपरि मुढाहरु दन्किरहेको बेलामा !’भूपी शेरचनले उठाएको यो काव्यात्मक प्रश्न कोरोना महाव्याधिको बेला झन् सान्दर्भिक भएको छ ।केही समयअघि पाताल [अमेरिका] प्रवासमा रहेर भरखरै नेपाल फर्केका चर्चित साहित्यकार एवं स्तम्भकार खगेन्द्र संगौलाको हालत पनि भूपिले उठाएका प्रश्न कै जस्तो छ ।

यसैसन्दर्भमा ‘लकडाउन’का अनुभव र अनुभूतिहरुलाई समेटेर संगौलाले लेख्न थालेका ‘लकडाउन डायरी’ भोलिदेखि रातोपाटीमा नियमित रुपमा प्रकाशित हुँदैछ ।अखबारी दुनियाँमा ‘कुन्साङ काका’का रुपमा पनि चर्चित संग्रौला ठेट भाषाशैली, तीखो व्यंग्य र कथात्मक लेखनीका लागि परिचित छन् ।

रातोपाटी

Related Articles

Back to top button
Close