Lifestyle/ Health

यस्ता समस्या भएकाहरुले भुलेर पनि नखानुहोस् लसुन, नत्र…

काठमाडौँ । हाम्रो भान्सामा दैनिक प्रयोग हुने लसुन स्वासथइको लागि निकै फाइदाजनक छ। खासमा तरकारीमा स्वादको लागी प्रयोग गरिने लसुन धेरै उपयोगी छ।

यसमा प्रशस्त औषधीय गुण हुन्छ । यसको प्रयोग गर्न जानेमा बिभिन्न रोग लाग्नबाट बचिन्छ । तर केही यस्ता अवस्था पनि छन् जुन अवस्थामा लसुनको सेवन हानिकारक मानिन्छ ।

लसुन धेरै रोगका लागि फाइदाजनक छ तर केही यस्ता रोग भएकाले लसुन खानु स्वास्थ्यको लागि फाइदाजनक मानिदैन । यदि तपाइलाई ब्लड प्रेसर लो छ भने पनि लसुन नखानुहोस् । ब्लड प्रेशर कम भएकाले भुलेर पनि लसुनको सेवन गर्नुहुदैन ।

यदि तपाइलाई एनिमिया छ भने पनि लसुन नखानुहोस् । यसले हेमोलिटिक एनिमिया वा हेमोग्लोबिनको कमी हुन सक्छ । त्यस्तै कलेजोको समस्या भएकाले पनि लसुन नखानुहोस् । लसुन खाएमा समस्या झन बल्झिन्छ । यदि तपाइलाई पेटमा समस्या छ भने पनि लसुन खानुहुँदैन।

धेरैले पेट दुखेमा लसुन खाने गर्छन् । तर चिकित्सकहरु भने अल्सर र डायरिया भएकाले लसुन खानु फाइदाजनक नहुने बताउछन् । यदि तपाइलाई एलर्जीको समस्या छ भने पनि लसुन नखानुहोस् । त्यस्तै सर्जरी गरिएको अवस्थामा पनि लसुन नखानुहोस् ।

यसले रगत पातलो बनाउछ । गर्भवती अवस्थामा रहेका महिलाले पनि लसुन खानुहुँदैन। यलि यस्तो बेला लसुन खाएमा गर्भ तुहिने खतरा हुनसक्छ । गर्भ निरोधक पिल्स खाइरहनु भएको भएपनि लसुन नखानुहोस् । किनबी लसुन खाएमा गर्भ निरोधक पिल्सले काम गर्दैन ।

Related Articles

Back to top button
Close