Corona (COVID-19) Updates

‘यात्रा गरेको दुई साता भित्र कुनै लक्षण नदेखिए कोरोना परी`क्षण गर्नु पर्दैन’

काठमाडौँ – सरकारले यात्रा गर्नेबित्तिकै आश`ङ्कामा कोरोना परी`क्षण नगर्न सबैमा आग्रह गरेको छ । सङ्क्र`मित व्यक्ति`को प्रत्य`क्ष सम्पर्कमा आएको पाँच दिन अघि परी`क्षण गराउँदा आफूमा सङ्क्र`मण छ/छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्ने बित्तिकै हतारमा कोरोना परी`क्षण नगर्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रव`क्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई साता सम्म क्वारेन्टिनमा बस्नुपर्ने र सो अवधिमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा स्थानीय सरकारलाई जानकारी गराउन पनि आ`ग्रह गरे।

दुई सातासम्म कोरोना सङ्क्र`मणको कुनै लक्षण नदेखिए पिसिआर परीक्षण गर्नु आवश्यक नहुने उनको भनाइ छ । अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाव दिँदै उहाँले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य माप द`ण्डको पूर्ण पालना गर्न अनुरोध गरे।

लकडाउन खुले लगत्तै विभिन्न पेशा व्यवसायका सिलसिलामा राजधानी भित्रने व्यक्तिलाई घरधनी वा छिमेकीले पिसिआर परीक्षण गरेर मात्र आउन दबाब दिएको र पिसिआर परीक्षणका लागि सर्वसा`धारणले दुःख पाएको भन्दै मन्त्रालयले राजधानी भित्रने बित्तिकै परीक्षणका लागि दबाब नदिन पनि अनुरोध गरेको छ ।

उहाँले आफ्नो घरमा भा`डामा बस्नेलाई यात्रा गरी आएको दुई साता सम्म कोठाभित्रै एक्लै बस्ने वातावरण सिर्जना गरिदिन आग्र`ह गरे। “कोठामा बस्ने हरेक मानिस तपाईंका परिवारका सदस्य जस्तै हुन्, सधैँ पैसा तिरेर तपाईंको गर्जो टार्ने व्यक्तिलाई पराइको व्यवहार नगर्न र अप्ठ्यारो परिस्थि`तिमा मानवी यता नगु`माउन अनुरोध गर्दछु”, उनले भने।

Related Articles

Back to top button
Close