Auto News

दशैंमा फोर्ड फिगो किन्नेलाई आकर्षक नगद छुट, २० प्रतिशत डाउन पेमेन्टमा पनि किन्न सकिने

काठमाडौं । फोर्डले दशैं तिहार लक्षित अफर सार्वजनिक गरिसकेको छ । कम्पनीले सार्वजनिक गरेको आफरमा ग्राहकले निकै राम्रो छुट प्राप्त गर्ने देखिएको छ ।फोर्डको आधिकारीक वितरक जिओ फोर्डले बिक्री गर्दै आएको फोर्ड फिगो एउटा मात्रै भेरियन्टमा उपलब्ध रहेको छ ।

फिगोको टाइटानियम भेरियन्ट मात्र नेपालमा बिक्री हुँदै आएको छ । कम्पनीले यसको मूल्य पेट्रोल इन्जिनमा ३० लाख ९९ हजार रुपैयाँ रहेको छ भने डिजल इन्जिनमा ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले ल्याएको अफर अनुसार ग्राहकले फिगोको खरिदमा ७५ हजार नगद छुट, एक वर्षको बीमा, एक वर्षको सडक दस्तुर, २५ हजार लोयल्टी बोनस प्राप्त गर्न सक्ने छन् ।डाउन पेमेन्ट बापात ५० प्रतिशत रकम बुझाउने ग्राहकले ६ महिनाको इएमआई होलिडे प्राप्त गर्न सक्ने छन् । कम्पनीले दिने इएमआई होलिडे प्लानमा उक्त अवधिभर लाग्ने व्याज कम्पनीले तिरिदिने छ । ग्राहकले ६ महिनापछिबाट आफ्नो नियमित किस्ता तिर्न सुरु गर्नु पर्ने हुन्छ ।

यदि इआएमआई होलिडे ग्राहकले लिन नचाहेका ३ वटा स्क्र्याच कार्ड मार्फत कम्तीमा ७५ हजारदेखि ४ लाख ५० हजारसम्म नगद प्राप्त गर्न सक्ने छन् ।कम्पनीले फिगो किन्न ५० प्रतिशत डाउन पेमेन्ट गर्न नसक्ने ग्राहकलाई २० प्रतिशत सुरुमा र बाँकी रकम ४ महिना भित्र तिर्नेगरि पनि गाडी उपलब्ध गराउने स्कीम दिएको छ ।समग्रमा फिगो किन्न चाहने ग्राहकले कम्तीमा नगद १ लाख ५० हजार रुपैयाँ छुट प्राप्त गर्न सक्ने छन् ।

फिगोमा १.२ लिटर टिआई भिसिटी पेट्रोल इन्जिन दिइएको छ उक्त इन्जिनले ९६ पीएस पावर प्रदान गर्छ भने १.५ लिटर टिडीसिआई डिजल इन्जिनले १०० पीएस पावर प्रदान गर्छ ।निकै आकर्षक डिजाइनमा तयार भएको फिगोमा ड्यूल टोन रुफ, स्पोर्टी सेलुलर ग्रिल, १५ इन्च अलोय ह्वील, रियरभ्यू क्यामेरा, ६ एयरव्याग, एबीएस, इबीडी, रेन सेन्सिङ वाइपर, ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक हेडल्याम्प, पुस बटम स्टार्ट/स्टप जस्ता फिचर उपलब्ध रहेको छ ।कम्पनीले फिगोमा ३ वर्षको निःशुल्क सर्भिसिङ, ३ वर्षको वारेन्टी र एक्सचेन्जको सुविधा पनि उपलब्ध गराएको छ ।

Related Articles

Back to top button
Close