Economic News

बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौं । केही दिनयता लगातार घटेको सुनचाँदीको मूल्य शुक्रबार बढेको छ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा छापावाल सुन तोलामा आठ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा १२ सयले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ९३ हजार नौ सय कायम भएको छ । यस्तै, तेजाबी सुन पनि बढेको छ ।

आज ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको छ ।केही दिनदेखि घटेको चाँदीको मूल्य आज तोलामा ५० रुपैयाले वृद्धि भई ११ सय ६० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button
Close