News

अब हप्ताको दुई सार्वजनिक बिदा दिने !

काठमाडौं । अब हप्ताको दुई सार्वजनिक बिदा हुने भएको छ ।आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्बाट गराउन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय आन्तरिक गृहकार्यमा जुटेको छ ।

मन्त्रालयले यसबारे थप तयारी गर्न बिहीवार ७ सदस्यीय समिति गठन गरेको मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले जानकारी दिए ।

मन्त्रालय र मातहतका सबै निकाय सम्मिलित उच्चस्तरीय बैठक बसी यसबारेमा अध्ययन तथा प्रतिवेदन पेश गर्न समिति गठन गरिएको उनले बताए ।

मन्त्रालयको प्रशासन तथा योजना महाशाखाको संयोजकको नेतृत्वमा गठित सो समितिमा मन्त्रालयबाट २ जना, पर्यटन बोर्ड, पर्यटन विभाग, अर्थमन्त्रालय, सामान्य प्रसासन मन्त्रालय लगायतबाट सदस्य रहेका छन् ।  उनका अनुसार समितिले २ महिनाभित्रमा यसबारे अध्ययन गर्नेछ ।

Related Articles

Back to top button
Close