Auto News

२० लाख ९६ हजारमै हुन्डाई सेन्ट्रो

काठमाडौं । हुन्डाई सेन्ट्रोमा २ लाख नगद छुट दिने योजना कम्पनीले सार्वजनिक गरेको छ । कम्पनीले सेन्ट्रोको २०१९ मोडलमा १ लाख ८० हजार सिधै नगद र २० हजारदेखि १ लाखसम्म स्क्र्याच कार्ड मार्फत छुट दिने योजना ल्याएको हो । तर, २०२० मोडलमा भने १ लाख रुपैयाँ मात्रै छुट हुने छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ल्याएको दशैं तिहार लक्षित योजनामा उक्त छुट दिने भएको हो ।कम्पनीले अहिले सेन्ट्रोको पाँच भेरियन्ट बिक्री वितरण गर्दै आएको छ । जसमा इरा, मग्ना, मग्ना अटोमेटिक, स्पोर्टज् र आस्टा भेरियन्ट छन् ।कम्पनीले ल्याएको योजनामा सेन्ट्रोको इन्ट्री लेवल भेरियन्ट इरा किन्न चाहने ग्राहकले २० लाख ९६ हजार रुपैयाँमा नै खरिद गर्न सक्ने छन् ।

त्यस्तै २०१९ सेन्ट्रोको अन्य कुनैपनि भेरियन्ट किन्न चाहने ग्राहकले क्रमश २ लाख रुपैयाँले छुट प्राप्त गर्न सक्ने छन् ।सेन्ट्रो मग्नाको मूल्य २५ लाख ५६ हजार, मग्ना अटोमेटिकको २८ लाख ९६ हजार, स्पोर्टज्को २७ लाख ५६ हजार, आस्टाको ३० लाख ५६ हजार रुपैयाँ रहेको छ । याे मूल्यमा २ लाख छुट हुने छ ।

तर, २०२० मोडल किन्न चाहने ग्राहकले भने इराको २३ लाख ९६ हजार, मग्नाको २६ लाख ५६ हजार, मग्ना अटोमेटिकको २९ लाख ९६ हजार, स्पोर्टज्को २८ लाख ५६ हजार र आस्टाको ३१ लाख ५६ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

सेन्ट्रो २०२० मोडल बीएस ६ इन्जिनमा उपलब्ध हुने भएकाले यसको मूल्य १ लाख रुपैयाँले बढेको कम्पनीले जनाएको छ । साथै, कम्पनीले दिने नगद छुट पनि २०२० माेडलमा १ लाख रुपैयाँ मात्रै ग्राहकले पाउने छन् ।

नगद छुटको अलावा कम्पनीले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीको लागि २५ हजार रुपैयाँ बराबरको सर्भिस भौचर उपलब्ध गराउने छ । उक्त भौचरको प्रयोग २ वर्ष भित्र गरिसक्नु पर्ने कम्पनीले जनाएको छ ।एक वर्षको बीमा शुल्क, सडक दस्तुरजस्ता खर्च कम्पनीले व्योर्होने छ भने लक्की ड्र मार्फत बम्पर उपहारमा हुन्डाई ग्राण्ड आई १० नियोस एक थान र अउरा एक थान जित्न सक्ने छन् ।

यस्तो छ हुन्डाई सेन्ट्रो

टल ह्याचब्याक मोडलको रुपमा आएको सेन्ट्रोमा ठूलो स्पेश, शानदार लूक्स, फगल्याम्प्स, एड्जस्टेबल हेड रेस्ट जस्ता विशेषताले सेन्ट्रो नेपाली बजारमा निकै चर्चित बनेको छ ।हुन्डाई सेन्ट्रोमा अल न्यू डिजाइन थेम प्रयोग गरिएको छ । यो कार ग्रान्ड आई-१० बाट प्रेरित छ भने, यसमा स्वेप्ट ब्याक हेडल्याम्प, नयाँ सिग्नेचर क्यासकेडीङ ग्रील दिएको छ ।

सेन्ट्रोमा पनि कम्पनीले आफ्नो पुरानो टल बोय थेमलाई नै निरन्तरता दिएको छ । यसको टप भेरियन्टमा १४ इन्चको अलोय ह्वील दिइएको छ भने, लो भेरियन्टमा १३ इन्च ह्वील दिइएको छ । यसको एक्सटेरियर डिजाइन निकै नै आकर्षक रहेको छ ।

यस्तै, नयाँ सेन्ट्रोमा सुरक्षाका लागि एबीएस, इबीडी, ड्राइभर-साइड एयरब्याग, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी डोर लक जस्ता सेफ्टी फिचर दिइएको छ ।सेन्ट्रोमा १.१ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६९ पीएस पावर र ९९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुअल र एएमटी गियरबक्स दिइएको छ ।

Related Articles

Back to top button
Close