News

कोरोनाले नि`धन भएका ब्यक्तिको आँखा गा`यब, शरिमा चोट देखिएपछि परिवारले गरे अस्पतालमै हं`गामा (भिडियो हेर्नुस्)

काठमाडौ । केन्द्रीय कारागार सुन्धा`रामा थप एक कै दीको कोरोनाबाट निधन भएको घटना रहस्यम बन्दै गएको छ । निधन भएका ब्यक्तिको शरिरमा चोट र आँखा समेत नभएको अवस्थामा आफुले देखेको निधन भएका ब्यक्तिको छोरी रश्मी जैसवालले दावी गरेकी छन् ।

असोज ३ गते निधन भएका रुपन्देहीका ६३ वर्षीय पुरुषमा सोमबार साँझ कोरोना पुष्टि भएको कारागार प्रमुख जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए। उनको गत शनिबार वीर अस्पतालमा उपचारको क्रममा ज्यान गएको बाँस्कोटाको भनाई छ । बाँस्कोटाका अनुसार निधन पछि गरिएको परीक्षणमा उनमा कोरोना देखिएको हो।

कर्तव्य ज्यान मु द्दा मा जन्म कै दको जे ल सजाय का टि रहेका उनी मिर्गौला रोगी समेत रहेको बताइएको छ । उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार वीर अस्पताल भर्ना गरिएको थियो। त्यही दिन उनको निधन भएको थियो।

उनका आफन्तले भने कोरोना र बिमारी नभइ अन्य कारणले नै ज्यान गएको गुनासो गरिरहेका छन्। कोरोना पुष्टि भएको भन्दै आफुहरुलाई शव नदेखाइएको भन्दै आफन्तले अस्पतालमै विरोध गरेका छन् । एक जना महिला आफन्तले आफु विरामी हो भनेर शवको कपडा खोलेर हेर्दा शवको दुईवटै आँखा नभएको र अनुहार र घाँटीमा गहिरो चोट देखेको बताएकी छन् । सामाजिक सञ्जालमा शवको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा अस्वभाविक चोट देख्न सकिन्छ । उनको पहिला नै कसैले ज्यान लिएर अस्पताल ल्याएको हुनसक्ने आफन्तको दावी छ ।

आफन्तहरुले शवको पोष्टमार्टम गर्नुपर्ने माग राखेका छन् । कोरोनाको नाम दिएर उनको कसैले ज्यान लिएको आफन्तको गुनासो छ । आफन्तसँग छलफल भइरहेको जेलर बाँस्कोटाले बताए। केन्द्रीय कारागारमा हालसम्म ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । उनको अस्पतालमा निधन भएको हो वा अस्पताल ल्याउनु अघि निधन भएको हो भन्ने कुरा खुल्न बाँकी छ ।

Related Articles

Back to top button
Close