NewsVideos

विदेशमा कमाएको ७ लाख रुपैया र दुई छोरी समेत लिएर श्रीमती फरार, श्रीमान रुँदै मिडियामा (भिडियो हेर्नुस्)

काठमाडौ । श्रीमान विदेशमा थिए । घरमा श्रीमती र दुई छोरी थिए । कहिले काँही घरमा आउँदा श्रीमतीले लुकेर अरुलाई फोन गरेको श्रीमानले देखेका थिए । श्रीमतीको मोवाइलमा अरुले नै रिचार्ज गरिदिएका हुन्थे । कसले मोवाइलमा रिचार्ज गरिदिन्छ भनेर प्रश्न राख्दा मलाई रिचार्ज गर्ने मान्छे थुप्रै छन् भनेर भन्ने गरेकी थिइन् । यो घटना दागंको हो । श्रीमान विदेश जानु अघि निकै साधारण भेषभूषा गर्ने श्रीमती श्रीमान विदेशवाट आएपछि भने उनको स्टाइल पनि निकै फरक भएको श्रीमानले बताएका छन् ।

श्रीमतीले अरुसंगै फोनमा ब्यस्त हुन थालेपछि भएको सामान्य विवाद पछि उनको श्रीमती २ छोरी लिएर हराएकी छन् । विवाद एक महिना अघि भएको थियो । तर एक महिना पछि उनले म दिदीको घरमा जान्छु भनेर राम्रैसंग श्रीमानसंग विदा लिएर उनी छोरी लिएर गएकी थिइन् । असोज १ गते उनी दिदीको घरमा जाने भनेर गएको बताएका छन् । उनी विदेशवाट आएको एक वर्ष भइसकेको थियो । श्रीमान विदेशवाट आएपछि पनि श्रीमतीले लुकेर अरुलाई नै फोन गर्न थालेको उनले बताएका थिए ।

श्रीमती हराउनु अघि उनी केही समय अघि एक जना बहिनीसंग सल्यान गएको पनि उनले बताएका छन् । श्रीमतीले २ छोरी र केही पैसा पनि लिएर गएको बताएका छन् । करिब ७ लाख रुपैया समेत हिनामिना गरेको श्रीमानको आरोप छ । आफु विदेश जाँदा श्रीमतीलाई माइतमा छोडेर गएको बताएका छन् ।

दुई छोरी लिएर पवित्रा रावत हराएपछि श्रीमान लक्ष्मण रावतले श्रीमतीको खोजी गरेका हुन् । आफु विदेशमा रहँदा नै श्रीमतीको बारेमा नराम्रो खबर सुनेपछि फर्केर आएको बताएका छन् । सल्यानमा बस्दा श्रीमती अरुसंगै हिड्ने गरेको छ भनेर सुनाएपछि आफु विदेशवाट आएको बताए । आफ्नै आँखाले नदेखेका कारण विदेशवाट आएपछि पनि एक वर्ष उनीसंगै बसेको श्रीमानको भनाई छ ।

Related Articles

Back to top button
Close