International NewsNews

चीनमा फैलियो फेरीअर्को माहामा’री हजारौं बिरामी, सुरु भयो नयाँ रोग

काठमाडौ । चीनवाट फैलिएको कोरोना भाइरस विश्वव्यापी भइरहेकै बेला अहिले फेरी चीनमा नयाँ ब्याक्टेरियाका कारण हजारौं मानिस विरामी परेका छन् । चीनको ऊहानबाट संसारभरी फैलिएको कोरोना अझै नियन्त्रणमा आएको छैन । विश्वमा हजारौं मानिसको एकै दिनमा निधन भइरहेको छ । तर चीनको उत्तर पश्चिमी इलाकामा रहेको गेन्सू प्रान्तवाट फेरी ब्याक्टेरियाका कारण हजारौं मानिस संक्रमित भएका छन् ।

ब्रूसेलोसिस ब्याक्टेरियाबाट फैलिरहेको नयाँ रोगवाट हजारौं मानिसहरु प्रभावित भएका छन । यो रोगको पनि महामारी फैलने शंकामा चीनमा उच्च सतर्कता अपनाईएको छ । ठूलो संख्यामा संक्रमित बढ्न थालेपछि अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले गेन्यू प्रान्टको सेन्टर फर डिजिज कन्ट्रोल विभागलाई उद्धृत गर्दै यो ब्याक्टेरियाका कारण करिब ३ हजार २ सय ४५ जना संक्रमित भएको जानकारी दिएको छ ।

गत सोमबार २१ हजार व्यक्तिको परीक्षण गरिएकोमा यति धेरै मानिस संक्रमित भएका हुन् । जसमा सुरुवाती रुपमा ४ हजार ६ सय ४६ व्यक्ति पोजेटिभ देखिएका थिए । यद्यपि, यो संख्या अझै धेरै हुनसक्छ र हाल यो फैलने हो कि भनेर प्रशासन र सर्वसाधारण चिन्तामा छन् । पत्रिकाको रिपोर्ट अनुसार ११ सरकारी संस्थालाई निःशुल्क परीक्षण र उपचारका लागि अस्पतालको दर्ता दिइएको छ ।

ब्रुसेलोसिस एक ब्याक्टेरियाले निम्त्याउने रोग हो जुन विशेषगरी गाई, भेडा, बाख्रा, सुँगुर र कुकुरलाई संक्रमित गराउँछ । मानिसवाट मानिसमा सर्ने प्रतिशत भने निकै कम हुन्छ । मानिसहरु संक्रमित जनावरको सम्पर्कमा आए उनीहरु पनि संक्रमित हुने सम्भावना छ । यस्तै, संक्रमित पशु उत्पादन खाँदा वा हावामा भएको ब्याक्टेरिया सास फेर्दा मानिससम्म पुग्न सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार धेरैजसो यो रोग संक्रमित जनावर बिना नै पश्चरीकृत दुध वा पनिरको सेवनले मानिसमा सरिररहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग संसारका अन्य देशमा पनि देखिएको जानकारी आइरहेको छ । यसको उपचार सम्भव छ । औषधीको सिलसिला एक–डेढ महिनासम्म चल्नसक्छ ।

Related Articles

Back to top button
Close