Educational News

अन्तत: असोज १० गतेदेखि विद्यालय संचालन हुने, भर्खरै आयो यस्तो निर्णय !

काठमाडौं । अन्तत: असोज १० गतेदेखि विद्यालय संचालन हुने भएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिकाले असोज १० गतेबाट विद्यालय सञ्चाल गर्ने निर्णय गरेको छ । कोरोना संक्रम ण दर शून्य रहेको गाउँपालिकामा अहिले विद्यालय सञ्चालनका लागि अभिभावकको राय सुझाव संकलन भइरहेको छ ।

गाउँपालिकामा रहेका बालबालिकालाई पढाइतिर उन्मुख गर्नका लागि अभिभावकको राय लिन असोज ७ भित्र भेला बोलाई छालफल गर्न पत्राचार गरेको जनाएको छ ।

अभिभावकसँगको छलफलपश्चात बालबालिकाको पढाइलाई नियमितता दिने गाउँपालिको सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता शिवराज भट्टले जानकारी दिए। शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्रिस्तरीय बैठकबाट पारित निर्णयअनुसार विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा विभिन्न विकल्प प्रस्तुत गरेको थियो।

निर्देशिकाको दफा ३३ को उपदफा २ मा कुनै क्षेत्र विशेष कोरोनाको संक्रमण दर हेरी नियमित रुपमा विद्यालय संचालन हुन सक्ने अवस्था भएमा प्रत्यक्ष सिकाइ क्रियाकलाप गर्न बाधा हुने छैन भन्ने निर्णय अनुसार अजयमेरु गाउँपालिकाले पनि स्थानीय तहमा अवस्था सामान्य रहेको कुरा उल्लेख गर्दै केही दिन अगाडि विद्यालय खोल्ने पालिका स्तरीय निर्णय पारित गरेको छ ।

कोभिड–१९ को अवस्था अजयमेरु गाउँपालिकामा समान्य रहेको भन्दै अभिभावकसँगको सल्लाह पछि विद्यालय खोल्ने जनाएको छ । भदौ ७ गतेसम्म गाउँपालिकाभित्र रहेका विद्यालयले अभिभावकसँग छलफल गरी सुझाव पेस गर्ने परिपत्र अनुसार भेला बोलाउन लागेको विद्यालयहरूले जनाएको छ ।

Related Articles

Back to top button
Close