News

एकाएक खाली हुन थाल्यो काठमान्डू, आफ्नो सामान प्याक गरेर काठमान्डू छोड्दै सर्वसाधारण।कारण यस्तो

सरकारले १ असोजदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गरेपछि चहलपहल बढेको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा भित्रिने भन्दा पनि बाहिरिने सवारी साधनको संख्या धेरै छ।दशैं मुखमा आएसंगै र कोरोनाको संक्रमण ब्यापक बढ्न थालेपछी सबैले काठमान्डू छोडेर आफ्नो गाउ/शहर तिर फर्किन थालेका छन्।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवका अनुसार बिहीबार उपत्यकाबाट ३ हजार ७१३ सवारीसाधन बाहिरिएका छन्। ती सवारीसाधनमा कुल ९ हजार ४ सय जना बाहिरिए। त्यस्तै ३ हजार ५१७ सवारी साधनमा ७ हजार ८ सय जना भित्रिए।

शुक्रबार दिउँसो ३ बजेसम्म ८८८ सवारी साधनमा २ हजार ८१३ जनाले उपत्यका छोडेका छन्। त्यस्तै यही अवधिमा ७८८ सवारी साधनमा २ हजार ५५२ जना उपत्यका प्रवेश गरेका छन्। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला *

Related Articles

Back to top button
Close