NewsVideos

दाङमा दुनियाँ रु वाउने घ टना : ख्याल नगर्दा ३ बच्चाको एकै ठाउँ मृ त्यु (सचेत रहनुहोस्)

घोराही उपमहानगरपालिका–१० उत्तरअम्रईस्थित मनठोरीया पानीको कुलोमा क रेन्ट लागेर ३ जना बालबालिकाको मंगलबार दिउँसो मृ त्यु भएको छ । ख्याल नगर्दा यस्ता घ टना धेरै हुँदै आएका छन् । कहिले कुलोमा, कहिलो खाल्डोमा त कहिले यस्ता मानव नि*र्मित दु*र्घटनामा बालबालिका परिरहेका हुन्छन् ।

मृ*त्यु हुनेहरुमा सोही ठाउँ बस्ने राजु चौधरीको ४ वर्षीय छोरी रेनुका चौधरी, भाजुराम चौधरीको ८ वर्षीय छोरा प्रशान्त चौधरी र भुवन चौधरीको ३ वर्षीय छोरा अमृत चौधरी रहेको छन् । अ*नुसन्धानको क्रममा सोही ठाउँ बस्ने राजु चौधरीको आमाको १३ दिने पुण्यतिथी सकिएकोले घर शुद्ध शान्तिको लागि उक्त कुलोबाट मोटर जोडी पानी तानिरहेको अवस्थामा क*रेन्ट लाग्दा ती बालबालिकाको मृ*त्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अ*नुसन्धान गरिरहेको छ ।

गत बर्ष रौतहटमा सडक छेउमा बनाएको खाल्डोका कारण आधा दर्जन बालबालिकाले ज्या*न गुमा*एका थिए । घर आसपास बनाइएका मानव निर्मित अनेक निर्माणले बालबालिकाको मृ*त्यु भइरहेको छ । बालबालिका अ*वोध हुन्छन् । उनीहरु थाहा पाउँदैनन् । खेल्ने क्रममा उनीहरु त्यस्तो ठाउँमा पर्ने गर्दछन् । यसैले यस्ता संरचनामा विशेष निगरानी राख्नुहोस् । आफ्नो बच्चाका लागि घर परिवार टोल छिमेक सचेत रहनुहोस् ।

यो पनि पढ्नुहोस्

झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैँचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ । उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार ठूलो अलैँची, मझौला अलैँची, सानो अलैँची र सामान्य अलैँचीका रूपमा उद्योगले खरीद गर्नेछ ।

यस्तै अलैँची प्रशोधन गर्ने विभिन्न प्रावधान छन् । गुणस्तरीय अलैँचीलाई १००÷१५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने छ । अर्को प्रशोधनमार्फत ‘ड्रस’ बनाउने उद्योगको योजना छ । यस्तै अलैँचीलाई ‘माउथ फेवर’ वा मुखलाई सुगन्धित बनाउनका लागि अलैँचीको सानो गेडालाई प्रशोधन गरेर वितरण गर्ने प्रावधान छ ।

“हामीले मुखमा गन्ध चाल नपाउनका लागि ‘सिल्भर कोटेड’मा अलैँचीको सानो दाना मिसाएर बनाउछौँ”, सञ्चालक भट्टराईले भन्नुभयो, “यो प्रविधि सबैभन्दा लाभदायक हुन सक्छ । स्वदेशमा बढी निर्यात हुने सम्भावना छ ।”अहिलेसम्म अलैँचीलाई प्याकेजिङ नै नगरी बोरामा हालेर विदेश निर्यात गरिन्छ । यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलैँचीको भाउमा समेत तलमाथि हुने समस्या आउने गर्छ । नेपालमै उद्योग निर्माणपछि भने यस्ता समस्या न्यूनीकरण हुने व्यवसायीको अनुमान छ ।

“एकैचोटि सबै अलैँची नेपालमा प्रशोधन गर्न सकिँदैन र एउटा उद्योगले मात्र सम्भव पनि छैन”, सञ्चालक भट्टराईले भन्नुभयो, “एउटा नमूना शुरुआत गरेको हो ।” भट्टराईका अनुसार उद्योगको नमूना प्रशोधनसमेत भइसकेको छ । उद्योगमा प्रशोधन भएका वस्तु बाहिरी देशकै मापदण्डमा रहेकाले निर्यात गर्न आह्वान पनि गरिएको छ ।मुख्यगरी अलैँचीजन्य पदार्थको बजार नेपालमै केन्द्रित गरिने छ भने बाँकी बजार भारत, पाकिस्तान, युएई, युरोपेली मुलुक र अमेरिका हो । “हाम्रो उद्योगले हाल प्रमाणपत्र पनि लिइसकेको छ । बाहिरी देशको मापदण्डअनुसारकै भइसक्यो”, उहाँले भन्नुभयो । उद्योगले अहिले अलैँचीको मात्र प्रशोधन गर्ने छ ।

समयान्तरमा माग र दक्षजनशक्ति बढेमा अन्य वस्तुसँग अलैँची प्रशोधन गरेर बेच्ने योजना रहेको भट्टराईको भनाइ छ । यो उद्योगले मात्रै देशभर उत्पादित १५ प्रतिशत अलैँची प्रशोधन गर्न सकिने भट्टराईको जिकिर छ । स्वस्थकर चिज निर्माण हुने भएकाले उद्योगबाट प्रशोधित धेरै सामग्री नेपालमै खपत हुने भट्टराईको भनाइ छ ।

Related Articles

Back to top button
Close