News

घरधनीहरुका लागि यस्तो छ खुशीको खबर !

कैलाली। धनगढी उपमहानगरपालिकाले लकडाउनको समयमा घर भाडा छुट गर्ने घरधनीलाई घरबहाल करमा छुट दिने निर्णय गरेको छ।
 
घरधनीलाई राहत पुगोस भनेर उपमहानगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख नृपबहादुर वडले बताए।

उनले सरकारले २०७६ चैत ११ गते देखि जेठ मसान्त सम्म कोरोना भाइरस कोभिड-१९ को संक्रमण फैलिन नदिन लकडाउन गरेको बताउँदै लकडाउनको अवधिमा नगरपालिका भित्रका घरभाडामा छुटदिने घरधनीलाई नगरपालिकाले बहाल करमा छुट दिने बताए।

धनगढी उपमहानगरपालिका राजश्व शाखा प्रमुख लेखनाथ ओझाले लकडाउनमा घरभाडा छुट दिने घरधनीलाई दुई महिनाको घरबहाल करमा छुट दिने निर्णय भएको बताए।

Related Articles

Back to top button
Close