NewsVideos

शम्भुको शव भारत लगियो: १६ वर्षकी युवतीले यति ठूलो सहयोग गरे पछि अंगालो हालेर मेरो आमा भन्दै रोइन् (भिडियो हेर्नुस्)

काठमाडौ । घरभेटीले ज्यान लिएका शम्भुको परिवार शम्भुको शव लिएर आफ्नो देश फर्किएको छ । उनी भारतीय नागरिक हुन् । परिवार र आफन्त भारतमै भएकाले उनको शव भारत लगिएको हो ।

उनको गएको शुक्रवार आफु भाडामा बस्दै आएको घरका मालिक (घरभेटी) को आ’क्रम’णवाट निधन भएको थियो । शम्भु र उनको श्रीमतीले काठमाडौमा भाडामा बसेर आफ्ना ३ सन्तानको पालन पोषण गर्दै आएका थिए । सम्भुकै सहारामा यो परिवार चलेको थियो । तर घरभेटीको आक्रमणवाट उनको निधन भएपछि परिवार चलाउने अन्य उपाय समे खोसिएको छ ।

भारत बिहारका ४२ वर्षीय शम्भु महतोले नेपाललाई कर्मभूमि बनाएको दुई दशक भएको थियो । उनी छिमेकी र आसपासमा पनि निकै घुलमिल हुन्थे । घरबेटी प्रेमकृष्ण महर्जन र उनका परिवारले सम्भुलाई कोठा सर्न दवाव दिएका थिए ।

लकडाउनका समयमा काम विहिन हुँदा सम्भुले घरभाडा तिर्न सकेका थिएनन् । तर महर्जनले दवाव दिएपछि उनीहरुले ऋण खोजेर भाडा चुक्ता गरिदिए । अनि अर्को घरमा कोठा सर्न लागेका थिए । एक जार पानीको विवादमा महर्जनले सम्भुलाई ढोकाको आग्लोले प्र’हा’र गरे । घाइते अवस्थाका सम्भुको उपचारका क्रममा निधन भयो ।

परिवारले शव बुझ्न नमानेका कारण एक साता उनको शव अस्पतालमा थियो । अहिले परिवारले शव बुझेर अन्त्यष्टिका लागि घर गएका हुन् । घर जाने बेलामा उनलाई स्थानियले आर्थिक सहयोग गरेका छन् । भिडियोमा सम्भुको श्रीमतीको वेहाल अवस्था देखेर एक १६ वर्षीया युवतीले सामाजिक सञ्जाल मार्फत सहयोग जुटाइन् ।

त्यो सहयोग रकम र केही जिन्सि कुरा उनले सम्भुको श्रीमती र परिवारलाई हस्तान्तरण गरेकी छन् । तपाई मेरो आमा जस्तै हो, त्यसैले तपाईको दुख मैले देख्न सकिन यो सहयोग लिनुस् भन्दै उनले दिँदा सम्भुको श्रीमतीले मन थाम्न सकिनन् । त्यहाँको माहोल निकै भावुक बनेको थियो ।

Related Articles

Back to top button
Close