Corona (COVID-19) Updates

काठमाडौंको यो ठाउ अ’त्यन्तै जो’खिममा , बन्यो नयाँ ह’टस्पट

काठमाडौं, काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिन प्रतिदिन ब’ढिरहँदा राजधानीको स्वयम्भू क्षेत्र नयाँ ह’टस्पटका रुपमा देखिएको छ। यसअघि काठमाडौं महानगरपालिकामा कोरोना संक्रमणबाट सबैभन्दा बढी कोटेश्वर र बालाजु प्र’भावित बनेका थिए। केहि दिनयता स्वयम्भू क्षेत्र नयाँ ह’टस्पटका रुपमा देखिएको हो। महानगरको वडानम्बर १५ मा पर्ने स्वयम्भूमा मंगलबारसम्मको त’थ्यांकअनुसार ५ सय ६४ संक्रमित भेटिइसकेका छन। बुधबारको तथ्यांक आउन अझै बाँकी रहेकोले संक्रमित संख्या अझै थ’पिने महानगरका कोभिड–१९ फो’कल पर्सन ज्ञानबहादुर ओलीले जानकारी दिए।

सो वडामा स’क्रिय सक्रमितको संख्या समेत ४५१ रहेको छ। हालसम्म ११२ जना निको भएर घर फ’र्किसकेका छन भने एकजनाको नि’धन भइसकेको छ। यो महानगरका ३२ वडाहरुमध्ये पाँच सय संक्रमित संख्या क’टेको यो एकमात्रै क्षेत्र हो। यसबाहेक बालाजु क्षेत्र रहेको वडानम्बर १६ मा ४ सय १५, कोटेश्वर क्षेत्र रहेको वडानम्बर ३२ मा ३ सय २५ जनामा संक्रमण भेटिएको छ।

अघिल्लो हप्ता १०६ जनाको परीक्षण गर्दा स्वयम्भू क्षेत्रमा ३५ जनालाई एकैपटक संक्रमण देखिएको थियो। वडाअध्यक्ष इश्वरमान डंगोलले घरभित्रै रहेका परिवारका सदस्यहरुबीच सं’क्रमणको द’र ती’व्र रहेको र नागरिकहरुबाट पनि हे’लचक्र्याईं बढी भएका कारण संक्रमण छिटो फै’लिएको बताए।

‘एउटा घरमा एकजनालाई देखिएपछि त्यो घरभरि नै देखिने गरेको छ। अहिले अधिकांश संक्रमित त्यस्तै छन्,’ डंगोलले भने, ‘मास्क न’लगाउने, दूरी कायम नगर्ने जस्ता हे’लचक्र्यार्इंले अहिले स्थानीयहरुमै संक्रमण ती’व्र बनेको छ।’ वडाकी स्वास्थ्यकर्मी उमाकुमारी बस्नेतका अनुसार सो क्षेत्रका डल्लु आवास क्षेत्र, बनस्थलीबाट भित्रपट्टी पर्ने चमती, भगवानपाउ क्षेत्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन।

यी क्षेत्रमा ६० देखि १०० जनासम्म संक्रमित भेटिएको उनले जनाइन्। उनले भनिन्, ‘वडाका सबैभन्दा भी’डभाड हुने ठाउँ, घुचमुच्च परेको बस्ती, दैनिक काम गरेर खाने वर्गहरुमा बढी संक्रमण देखिएको छ।’

जिल्ला जनस्वास्थ्य कार्यालयले उपलब्ध गराएको संक्रमितको संख्याअनुसार वडा स्वास्थ्यकर्मीहरुले उनीहरुको अवस्था बुझ्न, क’न्ट्याक्ट ट्रे’सिङका लागि फोन गर्ने गर्छन। तर यसरी सम्पर्क गर्दा यी क्षेत्रमा ३० प्रतिशत सक्रमितहरु सम्पर्कमा नआएको बस्नेतले बताइन ।‘दैनिक उपलब्ध हुने तथ्यांकमध्ये ३० प्रतिशत संक्रमित सम्पर्कमै आउँदैनन्। कोहीले फोन उठाउँदैनन्, कसैले ग’लत नम्बर, ठेगाना टिपाएका हुन्छन,’ बस्नेतले भनिन। नेपाली सेनाको वीरेन्द्र अस्पताल पनि यस क्षेत्रमा पर्ने भएकाले यहाँ बढी संक्रमित देखिएका हुन् ।स्वास्थ्य मन्त्रालयका अनुसार वीरेन्द्र अस्पताल छा’उनीमा हाल ८४ जना कोरोना संक्रमित उ’पचाररत् छन।

त्यसबाहेक वडाका १ सय २१ जना संक्रमित हो’म आ’इसोलेसनमा, ५३ जना अस्पताल र २ सय ७७ जना संस्थागत आइसोलेनमा रहेका छन। वडामा छुट्टै आइसोलेसन से’न्टर नभएका कारण संक्रमितहरुको व्य’वस्थापनमा स’मस्या हुने गरेको छ। संक्रमित दिनप्रतिदिन ब’ढिरहेकाले तत्काल वडाको छुट्टै आ’इसोलेसन आवश्यक रहेको स्वास्थ्यकर्मी बस्नेतले बताइन्। नेपाल खबर

Related Articles

Back to top button
Close