बोटलको पानी १० रुपैयाँमा बेच्ने !!
काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघले लकडाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरेको छ। संघले बुधबार जारी गरेको विज्ञप्तिमा अहिलेको लकडाउनको अवस्थालाई मध्यनजर गर्दै लकडाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरिएको उल्लेख छ ।
अहिले एक लिटर बोटलको पानीको खुद्रा मूल्य २० रुपैयाँ रहेकोमा लकडाउन अवधिभरका लागि खुद्रा मूल्य १० रुपैयाँ कायम गरिएको संघका अध्यक्ष सुवास भण्डारीले जानकारी दिए । तर, उपभोक्ताले पानी किन्दा ६० पिस किन्नुपर्ने सर्त भने संघले राखेको छ ।
रातोपाटी
कोरोना लाग्छ भन्दै भाडामा बस्ने नर्सलाई घरभेटीले घोक्राउँदै निकाले !
बिरामीको उपचारमा खटिएकी नर्सलाई डेराबाट निकाल्ने घरभेटी प क्रा उ परेका छन् । नर्सलाई घरबाट निकालेको आरोपमा एक जना घरधनी प क्रा उ परेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । प क्रा उ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–२ का वडासचिव नारायण आचार्य रहेका छन् ।