News

कर्मचारीको तलब फेरि २० प्रतिशतसम्म बढाउने !

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कर्मचारीहरुको तलब बढाउने भएको छ । एन्फाले कर्मचारीहरुको १० देखि २० प्रतिशतसम्म तलब बढाउन लागेको हो ।

नोबेल कोरोना भाइरसको महामारीका बीच पनि एन्फाले आफ्ना कर्मचारीहरुको तलब बढाउने तयारी गरेको छ । एन्फाका एक पदाधिकारीका अनुसार अबको केही दिनभित्रै बस्ने केन्द्रीय कार्यसमिति बैठकले कर्मचारीहरुको तलब बढाउने छ ।

यसअघि कर्मचारीहरुले साउदेखि नै तलब बढाउन दबाब दिएपनि अध्यक्ष कर्मा छिरिङ शेर्पाले कर्मचारीको तलबको प्रस्ताव केन्द्रीय कार्यसमितिमा लैजान भनेपछि अब बस्ने कार्यसमितिले यसको विषयमा निणैय गर्ने ति पदाधिकारीले बताए ।

फेडेरेसन अफ इन्टरनेसनल फुटबल एसोसियसन (फिफा) र एसियन फुटबल फेडेरेसन (एएफसी) को अनुदानबाट चल्ने एन्फामा कर्मचारीहरुको सम्झौताको विषयले पनि केही समय लिएको बताइएको छ ।

Related Articles

Back to top button
Close