Lockdown News

भोलिदेखि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा फेरि बन्द निर्णय, भर्खरै आयो यस्तो सूचना !

काठमाडौं । भोलिदेखि असोज ७ गतेसम्मका लागि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द हुने भएको छ । नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कैलालीको गोदावरी नगरपालिकाले असोज ७ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द गरेको हो ।

गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउदले भोलिदेखि असोज ७ गतेसम्मका लागि स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन र दमकल सेवा बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको बताए।

पछिल्लो समय समुदायमा नै कोरोना संक्रमण फैलिन थालेपछि नगरपालिकामा कार्यरत कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएको बताउँदै नगर प्रमुख साउदले नगरपालिका बन्द गरिदा त्यसबाट पर्न जाने असुविधा प्रति क्षमायाचना गरिदिन आग्रह गरे।

हेर्नुहोस् सूचना

Related Articles

Back to top button
Close