News

सरिता गिरीले भनिन् – ‘कुलमान बिदा त भए, तर अर्बौं भ्रष्टाचारको जवाफ कसले दिन्छ?’

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थपिनुपर्ने मागका बीच उनको औपचारिक बिदाई भएको छ। सरकारले उनको कर्यकाम थप्ने कुनै पनि प्रक्रिया अगाडी नबढाएसँगै उनी बिदा भए।

कुलमानको पक्षमा सर्वत्र आवाज पनि उठ्यो। सर्वसाधारण, कलाकार देखि विभिन्न राजनीतिक दलका नेताहरुले पनि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नै दोहोर्याउन माग गरे।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको पुनर्नियुक्ति गर्छ भन्ने धेरैले सोचेका थिए। बताइएअनुसार उर्जा मन्त्री वर्षमान पुनले कुलमानको सम्बन्धमा प्रस्ताव पनि प्रस्तुत गर्ने तयारी गरेका थिए। तर, प्रधानमन्त्री ओलीले कानुनी प्रश्न उठाएपछि उक्त प्रस्ताव बैठकमा प्रस्तुत नै भएन।

यसरी कुलमानको पुनर्नियुक्ति तत्काल नहुने देखिएसँगै मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरे।

कुलमान बिदा भइरहेका बेला पूर्वसांसद सरिता गिरीले ढल्केवर सबस्टेसको विषय लिएर कुलमान माथि प्रश्न उठाएकी छन्। ट्वीटर मार्फत कुलमान बिदा हुँदै गरेको प्रसंग उल्लेख गर्दै गिरीले ढल्केवर सबस्टेस बारे प्रश्न उठाएकी हुन्।

धनुषामा निर्माण गरिएको ४०० केभी ढल्केवर सबस्टेसन अनावश्यक रहेको भन्दै उनले उक्त परियोजनामा भ्रष्टाचार र राज्यको रकम को दुरुपयोग भएको आरोप लगाएकी छन्। कुलमान बिदा भएपछि त्यसको उत्तर कसले दिने भन्ने उनको प्रश्न छ।

“कुलमान घिसिङ जाँदै हुनुहुन्छ । इनरुवा देखि ढल्केवर को ४०० केभी लाइनको अनावश्यक परियोजना भ्रष्टाचार र राज्यको रकम दुरुपयोगको चरम उदाहरण हो । अरबोंको क्षति भएको छ । त्यस्को जबाब कस्ले दिने ?”,उनले लेखेकी छन्।

Related Articles

Back to top button
Close