News

कुलमानको म्याद नथप्नुको रहस्य बाहिरियो, यी व्यक्ति बन्दैछन् प्राधिकरणको निर्देशक

काठमाण्डौं । व्यापक जन समर्थन भएपनि कुलमान घिसिङलाई सरकारले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्ति गरेन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कुलमान अर्को पल्ट कार्यकारी निर्देशक हुन पुन प्रतिष्पर्धाबाट आउनु पर्ने बताइ सकेका छन् । उज्यालो अभियानका अगुवा भनेर चिनिएका कुलमानकै पालामा नेपाल लोडसेडिंग मुक्त भएपछि उनी लोकप्रिय भएका थिए ।

कुलमानले जस सबै आफैं लिएको भन्दै प्रधानमन्त्री खुशी नभएको समाचार श्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशन बनाउनका लागि घिसिङलाई पुर्ननियुक्ति नगरेको अहिले चर्चा चल्न थालेको छ । कुलमानको रिक्त पदमा प्राधिकरणकै १२ तहका रहेका शाक्यलाई ल्याउने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयबाट सूचना बाहिर आएको छ ।

शाक्य अहिले नेपाल विद्युत प्राधिकरण इन्जिनियरिङ कम्पनीका प्रबन्ध सञ्चालनमा रहेका छन् । उनलाई उक्त कम्पनीबाट तानेर कार्यकारी निर्देशक बनाउन लागिएको हो ।प्राधिकरणमा १२ तहमा कार्यरत उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहित लेखनाथ कोईराला र हरराज न्यौपाने छन् । कोइराला अर्थको प्रमुख हुन भने न्यौपाने ग्राहक तथा वितरण सेवा केन्द्रको प्रमुख हुन् ।

कोइराला र न्यौपानेमध्ये एकलाई कार्यकारी निर्देशक नबनाएर शाक्यलाई बनाउन लागिएको हो । शाक्यले राधा ज्ञवाली ऊर्जा मन्त्री हुँदा चिलिमेबाट कुलमानलाइ हटाउन मन्त्रीलाई सहयोग गरेका थिए । त्यसबेला मन्त्री ज्ञवालीले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा ल्याएर शाक्यलाई मध्यभोटेकोशी जलविद्युत आयोजनाको अध्यक्ष बनाएकी थिइन् ।

नेपाल विद्युत प्राधिकरण आइतबारदेखि नेतृत्वबिहीन छ । कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएपछि उनको ठाँउमा शाक्यलाई ल्याउन लागिएको हो । कार्यकाल सकिएपनि कुलमानलाई पुन नियुक्ति गर्नु पर्ने बिषयमा आवाज उठदै आएको छ ।

कुलमानले दैनिक १८ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई अत्य गरेर सवैको स्याबासी पाएका थिए । उनको पहलमा २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई लोडसेडिङमुक्त हुन पुगेको थियो । उनले गरेका सुधारका प्रयासलाई भने सवैले प्रसंशा नै गरेका छन् ।

सामाजिक सञ्जालमा कुलमानको प्रसंशा गरिदै आएको छ । कुलमान पुन नियुक्ति गर्नु पर्छ भन्दै कलाकारहरुले पनि दवाव दिँदै आएका छन् । माइतीघरमा समेत कुलमानको पक्षमा प्रर्दशन भएको थियो ।

Related Articles

Back to top button
Close