Lifestyle/ Health

केही दिन लगातार भिजाएको ओखर खानुस्, आफै देख्नुहुनेछ चमत्कार

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ।

ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फोरस, कपर, सेलेनियम, ओमेगा-३ फ्याट्टी एसिड जस्ता पोषक तत्त्व पाइन्छन्।

तर ओखरलाई काँचै खानुभन्दा भिजाएर खाँदा त्यसको फाइदा कैयौं गुणा बढ्छ । राति दुईवटा ओखरलाई भिजाएर राख्ने र बिहान खाली पेटमा खाने गर्दा बढी फाइदा हुन्छ।

भिजाइएको ओखरले अनेकौं रोगबाट मुक्त गराउँछ। ब्लड सुगर र मधुमेहबाट बच्नुछ भने भिजेको ओखरले फाइदा गर्छ ।

ओखरमा भरपूर फाइबर हुन्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ। पेट सही राख्न र कब्जियतबाट बच्न फाइबरयुक्त खानेकुराहरू खान जरूरी छ । भिजेको ओखर त्यसका लागि सर्वाधिक उपयुक्त खाद्यपदार्थ हो।

ओखरमा भएका पोषक तत्त्वले हाड र दाँत बलियो बनाउँछन्। यसमा भएको अल्फा लिनोलेनिक एसिडले हाडलाई बलियो बनाउँछ । त्यसबाहेक ओखरमा भएको ओमेगा-३ फ्याट्टी एसिडले सुन्निएको पनि ठीक गर्छ ।

ओखरले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ । उच्च रक्तचापको समस्या भएकाहरूलाई ओखर लाभदायक हुन्छ। यसले राम्रो कोलेस्ट्रोल निर्माणमा सहयोग गरेर मुटुलाई फाइदा दिन्छ ।

ओखर खाइरहने व्यक्तिले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर र कोलोरेक्टल क्यान्सर जस्ता गम्भीर रोगको खतरालाई घटाउन सक्छ।

यसमा भएको पोलिफेनोल इलागिट्यानिन्सले क्यान्सरविरुद्ध सुरक्षा प्रदान गर्न मद्दत गर्छ। अनि ओखर खाँदा हर्मोनसँग जोडिएको क्यान्सरको खतरा पनि कम हुन्छ। यसमा भएको एन्टीअक्सिडेन्टले शरीरमा क्यान्सर सेल बन्न पनि दिँदैन।

इम्युनिटी बढाउन, तनाव र स्ट्रेस घटाउन, राम्रो निद्रा दिलाउन, तौल घटाउन, पुरुषको प्रजनन क्षमता बढाउन समेत ओखर लाभदायक हुन्छ।

Related Articles

Back to top button
Close