NewsThoughts

कुलमान घिसिङका लागि सडकमा आएर बोल्न तयार छु, कार्यकालको निरन्तरता हुनैपर्छ – रवि लामिछाने

चर्चित संचारकर्मी रवि लामिछानेले कुलमान घिसिङको समर्थन गर्दै विद्युत प्राधिकरणमा कार्यकालको निरन्तरताको लागि माग गरेका छन् । कुलमानका लागि रवि लामिछाने सडकमा उत्रने समेत चेतावनी दिएका छन् ।
 

लामिछानेले  ‘यो मुलुकमा तपाई भन्दा योग्य मान्छे नै नभएको त पक्कै होइन होला तर अन्धकार यो देशलाई उज्यालो बनाउने र यो देशको युग नै बदल्ने तपाई जस्ता सपुतको मात्रै त्यो पदमा हक लाग्छ।तपाई शारीरिक,मानसिक र कानुनी रुपमा योग्य रहुन्जेल यो पदमा अर्को मान्छेको कल्पना गर्नु मात्र पनि ‘मेरालागि’ महा पाप हो।’ भन्दै आवश्यक परे सडकबाट पनि बोल्न तयार रहेको बताएका छन् ।
 

संचारकर्मी लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा आफ्नी श्रीमतिलाई ट्याग गर्दै लेखेका छन् –

कुलमान घिसिङ ज्यु, तपाईंको कार्यकालको निरन्तरता हुन्छ, हुनै पर्छ। यो मेरो विश्वास होइन, माग हो।यो मुलुकमा तपाई भन्दा योग्य मान्छे नै नभएको त पक्कै होइन होला तर अन्धकार यो देशलाई उज्यालो बनाउने र यो देशको युग नै बदल्ने तपाई जस्ता सपुतको मात्रै त्यो पदमा हक लाग्छ।तपाई शारीरिक,मानसिक र कानुनी रुपमा योग्य रहुन्जेल यो पदमा अर्को मान्छेको कल्पना गर्नु मात्र पनि ‘मेरालागि’ महा पाप हो।प्रिय कुलमान जी, टेलिभिजनमा तपाईंकालागि धेरै बोले,आवस्यक परे सडकबाट पनि बोल्न आतुर छु। लेकिन, किन्तु, But, परन्तु, तर…केहि होइन,just कुलमान घिसिङ।।

अर्को एउटा कुरा कुलमानजी जस्तो सही व्यक्तिलाई प्राधिकरणको प्रमुख पदमा नियुक्ती गर्रेर देशलाई लोडसेडिङमुक्त गराइदिनुहुने आदरणीय मन्त्रीज्यू र कुलमानजीलाई साथ दिनु हुने कर्मचारीलगायत सम्पूर्ण महानुभाबहरुलाई पनि जनताले धन्यबाद दिएका छन् है। एकजनालाई मात्र जस दियो हामीलाई दिएन भनी नसम्झिनुहोला त्यो पनि भन्देको छु मैले । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति गराउन जनस्तरबाट दबाब अभियान सुरु भएको छ ।

 

यो पनि हेर्नुहोस् –

Related Articles

Back to top button
Close