News

नेपालमा ह्वात्तै बढ्यो प्याज भाउ

काठमाडौं । भारतले सबै प्रकारका प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । प्याज निर्यातसम्बन्धी नियमलाई संशोधन गर्दै भारतले बैंगलोर रोज प्रजातिबाहेकका अन्य प्याज निर्यातमा सोमबारदेखि प्रतिबन्ध लगाएको हो ।

भारतले प्याज निर्यातमा रोक लगाउने निर्णय गरेसँगै नेपाली बजारमा प्याजको मूल्य ह्वात्तै बढेको छ । भारतले हरेक चाडपर्वको बेला प्याज निर्यातमा रोक लगाउँदै आएको छ ।

गत वर्ष पनि यसरी नै रोक लगाउँदा प्याजको मूल्य दुई सय ४० रुपैयाँसम्म पुगेको थियो । अहिले नेपाली बजारमा प्याजको मूल्य ८० देखि ९० रुपैयाँ पुगिसकेको छ ।

Related Articles

Back to top button
Close