Local News( SHANKHARAPUR)
शंखरापुरमा फेरि थप ६ जना कोरोना संक्रमित
भाद्र २९ गते । शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ६ जना पुगेको शंखरापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाईंले दिनु भएको छ।
उनका अनुसार वडा नं़ १,७, ८ र ९ मा थप संक्रमितहरु देखिएको हो।
थप संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट् त्रेसिङ गरिने र संक्रमितहरु लाई अस्पताल तथा होम आइसुलेसनमा राखिने प्रमुख चापागाईंले बताउनु भयो।
केही समय अघि नगरपालिका भित्र देखियका संक्रमितहरु निको भएर घर गै सकेकोमा फेरि नयाँ संक्रमितहरु देखिन थालेपछि पुनः नगरपालिकामा जोखिम बढेको छ।
शंखरापूर न्यूज